सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

नारायणी नदीकिनारमा पाटेबाघको अस्थिपञ्जर फेला

  •  | २६ चैत्र २०७७, बिहीबार १६:११ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • चितवन, २६ चैत ।

    राष्ट्रिय गैँडा गणनाका क्रममा नारायणी नदीकिनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको छ । गैँडा गणनाका क्रममा आज दिउँसो चितवनको भरतपुर–१६ स्थित सेतीदेवी सामुदायिक वनमा पर्ने नारायणी नदीकिनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको हो । पाटेबाघको अस्थिपञ्जर फेला परेपछि डिभिजन वन कार्यालयको टोलीले मुचुल्का उठाएर अस्थिपञ्जर लिएर आएको डिभिजन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो । सडेको अवस्थामा फेला परेको भए पनि खप्परका कारण पाटेबाघ भएको पहिचान गरिएको भन्दै खनालले यसबारे थप जानकारी अनुसन्धानपछि मात्रै थाहा हुने बताउनुभयो । अस्थिपञ्जरको अनुसन्धानपछि मात्रै बाघको लिङ्ग, उमेरबारे भन्न सकिने खनालको भनाइ छ ।

    वनमा जनावरको सुरक्षार्थ खटिएको खडक दल गणका सुबेदार गणेश थापाले पाटेबाघको अस्थिपञ्जर भेटिएपछि डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जमा जानकारी गराएको बताउनुभयो । अस्थिपञ्जर भेटिएको क्षेत्र राष्ट्रिय वन अन्तर्गत पर्ने भएकाले डिभिजन वनबाट पुगेको टोलीले प्रकृया पुर्याएर अस्थिपञ्जर भरतपुरतर्फ लगेका छन् । अस्थिपञ्जर मात्रै भेटिएको बाघको खप्पर, दाह्रा सबै सुरक्षित अवस्थामा रहेकाले कालगतीले मरेको हुनसक्ने बताइएको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु
    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु
    मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द

    ताजा अपडेट

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु

    चितवन, वैशाख ८– चितवनमा पछिल्लो समययता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दो छ ।...

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा...

    • मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द
    • नवलपरासीको रामग्राम वडा नं ४ मा ६५ गिद्ध मृत भेटिए, विष खुवाएर मारिएको कुकुरको मासु खाएको आशकां
    • मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
    • बेवारिसे अवस्थामा महिलाको शव फेला

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.