सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • अन्तर्वार्ता
    • खेलकुद
    • मनोरञ्जन
    • विचार/ब्लग
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य

पूरै १५ घण्टाको समय लगाएर तयार पारिएको छ विश्वको सबैभन्दा ठूलो समोसा ।

  •  | १२ भाद्र २०७४, सोमबार ०७:५२ , प्रकाशीत
  • Published By: Mukundasen TV
  • पूरै १५ घण्टाको समय लगाएर तयार पारिएको छ विश्वको सबैभन्दा ठूलो समोसा । यो समोसा डेढ क्विन्टल अर्थात् १५० किलो वजनको छ ।

    बेलायतको राजधानी लण्डनमा बनाइएको उक्त समोसाले चर्चा बटुलिरहेको छ । नबटुलोस् पनि किन ? यो विश्वको सबैभन्दा ठूलो समोसा हो ।

    पूर्वी लण्डनको एक मस्जिदमा यो समोसा बनाइएको छ । मुस्लिम समाजको सामुदायिक सेवासँग जोडिएको एक संगठनले यो समोसा बनाएको हो । समोसा बनाउन पूरै १५ घण्टाको समय लाग्यो । यो समोसा तयार पारेर पछि घरबार विहिन मानिसहरुलाई खानाको रुपमा वितरण गरियो ।

    यो समोसा बनाउने क्रममा मस्जिदमै गिनिज बुक अफ वल्र्ड रेकर्डस्का कर्मचारी पनि उपस्थित भएका थिए । गिनिज अधिकारीका अनुसार समोसा बनाउन सबै नियमहरु विधिपूर्वक पालना गरिएको छ । समोसाको स्वाद चाखिसकेपछि गिनिज अधिकारीले उक्त समोसालाई विश्वकै ठूलो समोसाको उपाधि प्रदान गरे ।

    स्मरण रहोस् यसअघि पनि सबैभन्दा ठूलो समोसाको किर्तिमान बेलायतकै नाममा थियो । सन् २०१२ मा बेलायतमै ब्रेडफोर्ड कलेजमा १ सय १० किलोको समोसा तयार पारिएको थियो ।

    एजेन्सी

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    गण्डक नहरमा बेवारिसे पुरूषको शव फेला
    अब रोबोटले नै अन्तिम संस्कारको कर्मकाण्ड गर्ने
    कैदी बन्ने इच्छा जाग्ला, यस्ता छन् सुविधा यो जेलको

    ताजा अपडेट

    प्रथम प्रदेश स्तरीय इन्डोर खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन नकआउट प्रतियोगिता २०७५ गैडाकोटमा सुरु

    अशिफ गुरुङ्ग, फाल्गुन १० गैडाकोट ११, भेडाबारीको मुकुन्दपुर कबर्ड हलमा यहि फाल्गुन १० र ११...

    मुकुन्दपुर वेयल फेयर सोसाईटीद्धारा मुकुन्दसेन प्रा.वि. का बिद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

    असिफ गुरुङ, माघ २७ मुकुन्दपुर वेयल फेयर सोसाईटी मुकुन्दपुरले मुकुन्दसेन प्रा.वि. बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री...

    • उद्योग वाणिज्य संघ–गैंडाकोट, जिल्ला उद्योग वाणिज्य संघमा स्तरउन्नति
    • बालमैत्री वडा बनाउन, गैंडाकोट वडा नं. १ मा एक दिने गोष्ठी
    • समृद्धिको आधार भनेको नै आफ्नो घरबाट सुरु गर्नु पर्छ : गैडाकोट नगर प्रमूख पौडेल
    • डा.गोविन्द केसीको अनसनले सरकार झुक्दैनः उपप्रधानमन्त्री पोखरेल
    © Mukundasen Television  2018  |  All rights reserved

    Website By : WebsoftNepal Pvt.Ltd.