सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

भरतपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार, निःशुल्क सेवा लिने बढे

  •  | १० श्रावण २०७५, बिहीबार २०:५२ , प्रकाशीत
  • Published By: Mukundasen TV
  •  

    चितवन, १० श्रावण  ।

    चितवनको भरतपुर अस्पतालको सामाजिक सेवा इकाइबाट निःशुल्क र आधा शुल्क तिरेर उपचार गर्नेहरुको संख्या बढेको छ । अस्पतालको सामाजिक सेवा इकाइले दिएको जानकारी अनुसार गत वर्ष अस्पतालबाट ९ हजार तीन सय बिरामीले निःशुल्क र आधा शुल्क तिरेर उपचार गरेका छन् ।

    अघिल्लो आर्थिक वर्ष ७ हजार ७७ जना बिरामीले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन् । यो संख्या गतवर्षको भन्दा ३४.१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको असार मसान्तसम्म निःशुल्क र आधा शुल्क उपचारमा लिनेहरुमा महिला पाँच हजार १०१ र पुरुष चार हजार १९९ जना रहेका छन् ।

     

    लक्षित समूह मध्ये गरीब तथा अतिगरीब समूहबाट सबैभन्दा धेरैं ६ हजार ४३ जनाले उपचार लिएको अस्पतालका सामाजिक सेवा इकाइ प्रमुख गोपाल पौडेलले जानकारी दिए । निःशुल्क उपचारका लागि अस्पतालबाट १ करोड २७ हजार ७४० रुपैयाँ खर्च भएको छ । यस मध्ये सरकारले ८० लाख रकम अनुदान पठाएको हो भने बाँकी रकम अस्पताल विकास समितिले खर्च गरेको हो ।

    अघिल्लो आर्थिक वर्षपनि सरकारले ८० लाख मात्रैं रकम अनुदानका रुपमा पठाएको थियो । बिरामीको संख्या २ हजार भन्दा बढीले बढ्दा अनुदान रकम उत्तिनै हुनु दुःखद भएको इकाइ प्रमुख पौडेलले बताए । ‘कि त हामीले बिरामीको निःशुल्क उपचार नै रोक्नुपर्ने भयो कि त सरकारले रकम बढाएर पठाउनुर्पयो,’ उनले भने, ‘यसको मार अहिले नै देखियो, जस्तो की बिरामीले अस्पतालबाट पाउने सबै परीक्षण र चेकजाँच निःशुल्क पाएपछि औंषधि उपलब्ध गराउन सकिएन ।

    लक्षित समूह पनि बढाउने सरकारले उनीहरुको उपचारका लागि भने रकम नबढाएको गुनासो पौडेलको छ । अघिल्लो वर्षभन्दा पनि झन रकम घटाएर गत वर्ष पठाइएको थियो । पहिले ६ वटा मात्रै लक्षित समूह रहेकोमा अहिले बढाएर १२ वटा र्पुयाइएको छ । अन्य अस्पतालको भन्दा भरतपुर अस्पतालको उपचार सेवा सहज र सजिलो भएकोले हरेक वर्ष सामाजिक सेवामार्फत उपचार लिने बिरामीको संख्या बढ्दै गएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रविन खड्काले बताए । 

    निःशुल्क उपचार गराउनुपर्ने धेरैजसो बिरामी भरतपुर अस्पतालमा नै आउने गरेकाले राज्यले बिरामीको चापका आधारमा दरबन्दी, सुविधा, उपकरण र बजेट दिनुपर्नेमा त्यसो हुन नसक्दा उपचारमा समस्या हुने गरेको मेसु डा. खड्काले गुनासो गरे । भरतपुर अस्पतालमा दैनिक १२ सय बिरामी उपचारका लागि आउने गदछन् ।

     

     

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नारायणी सामुदायिक वन उपभोक्ता समुहको कार्यलय भवनको शिलान्यास
    हाँस्यव्यग्य क्षेत्रका मुर्धन्य व्यत्तित्व वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सहित जम्बाे टाेली चितवन आउने
    बालकुमारीका पूर्वविद्यार्थीहरुबाट साहासिक साईकल अभियनता सम्मानित

    ताजा अपडेट

    नारायणी सामुदायिक वन उपभोक्ता समुहको कार्यलय भवनको शिलान्यास

    मंसिर २१, गैंडाकोट नारायणी सामुदायिक वन उपभोक्ता समुहले वन पैदावर विक्री वितरण कार्यलय भवन र...

    हाँस्यव्यग्य क्षेत्रका मुर्धन्य व्यत्तित्व वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सहित जम्बाे टाेली चितवन आउने

    विगत एक दशक अगाडीबाट नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि निरन्तर...

    • बालकुमारीका पूर्वविद्यार्थीहरुबाट साहासिक साईकल अभियनता सम्मानित
    • सौगातले जिते ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प’को उपाधि
    • केउरेनीमा डेढ बर्षिय बालिकाको इनारमा डुबेर मृत्यु
    • कोकाकोला कम्पनिका कारण कालान्तरमा मरुभुमिकरण हुदैछ भरतपुर

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.