सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • अन्तर्वार्ता
    • खेलकुद
    • मनोरञ्जन
    • विचार/ब्लग
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य

विकूको वित्तिय साक्षरता प्रभातफेरी, गैँडाकोट देखि चोरमारासम्म 

  •  | २६ श्रावण २०७५, शनिबार २१:५७ , प्रकाशीत
  • Published By: Mukundasen TV
  •  

    गैडाकोट, २६ श्रावण ।

     विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गौरवमय २८ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा वित्तिय सचेतना प्रभात फेरी कार्यक्रम भएको छ ।  शनिबार विहान गैँडाकोट ८ मा रहेको विकूको केन्द्रीय कार्यालय परिसरबाट सुरु भएको प्रभात फेरी कार्याक्रम चोरमारामा रहेको सेवा केन्द्रमा पुगेर समापन भएको थियो । गैँडाकोट देखि सुरु भएको प्रभात फेरी कार्यक्रममा २ सय भन्दा बढी मोटरसाइकल रहेका थिए ।

    विकूका सबै सेवा केन्द्र अघि प्रभात फेरीमा रहेका शेयर सदस्यहरुलाई स्वागत गरिएको थियो । सिमसिम पानीमा भिज्दै कोल्हुवा हुँदै चोरमारा निस्केको प्रभात फेरी कार्यक्रममा वित्तिय सचेतनाका नाराहरु बजाइएको थियो ।

    प्रभातफेरीको समापन कार्यक्रममा विकू वचतका अध्यक्ष केशव प्रसाद सापकोटाले विकूले यस वर्ष तीन वटा साक्षरताका कार्यक्रम अघि बढाउने बताउनुभयो । यस वर्ष वित्तिय साक्षरता कार्यक्रम, मोबाइलबाट बैकिङ कारोबार गर्नका लागि प्रविधि साक्षरता र स्वस्थ सदस्य बनाउन स्वास्थ्य साक्षरताको कार्यक्रम अघि बढाउने अध्यक्ष सापकोटाको भनाइ रहेको थियो ।

    कार्यक्रममा  पूर्व अध्यक्ष एवं सहकारी अभियन्ता इन्द्रराज ज्योति पौडेलले प्रभात फेरी कार्यक्रमले स्वस्थ समाज निर्माण, बचत तथा कम खर्च गर्ने बानीको विकास गराउन सन्देश दिएको बताउनुभयो ।

    यसैगरी विकूका पूर्व अध्यक्ष नारायण सापकोटाले वित्तिय साक्षरताका लागि यस्तो किसिमको प्रभात फेरी कार्यक्रम पहिलो पटक आयोजना भएको बताउनुभयो ।

    भाद्र ५ गते २८ औँ वार्षिकोत्सव मनाउन लागेको विकूले हाजिरी जवाफ प्रतियोगिता, भदौ २ गते रक्तदान कार्यक्रम, ३ गते स्रस्टासंग विकू लगायतका कार्यक्रमको आयोजना गरको छ । 

     

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    प्रथम प्रदेश स्तरीय इन्डोर खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन नकआउट प्रतियोगिता २०७५ गैडाकोटमा सुरु
    मुकुन्दपुर वेयल फेयर सोसाईटीद्धारा मुकुन्दसेन प्रा.वि. का बिद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण
    उद्योग वाणिज्य संघ–गैंडाकोट, जिल्ला उद्योग वाणिज्य संघमा स्तरउन्नति

    ताजा अपडेट

    प्रथम प्रदेश स्तरीय इन्डोर खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन नकआउट प्रतियोगिता २०७५ गैडाकोटमा सुरु

    अशिफ गुरुङ्ग, फाल्गुन १० गैडाकोट ११, भेडाबारीको मुकुन्दपुर कबर्ड हलमा यहि फाल्गुन १० र ११...

    मुकुन्दपुर वेयल फेयर सोसाईटीद्धारा मुकुन्दसेन प्रा.वि. का बिद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

    असिफ गुरुङ, माघ २७ मुकुन्दपुर वेयल फेयर सोसाईटी मुकुन्दपुरले मुकुन्दसेन प्रा.वि. बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री...

    • उद्योग वाणिज्य संघ–गैंडाकोट, जिल्ला उद्योग वाणिज्य संघमा स्तरउन्नति
    • बालमैत्री वडा बनाउन, गैंडाकोट वडा नं. १ मा एक दिने गोष्ठी
    • समृद्धिको आधार भनेको नै आफ्नो घरबाट सुरु गर्नु पर्छ : गैडाकोट नगर प्रमूख पौडेल
    • डा.गोविन्द केसीको अनसनले सरकार झुक्दैनः उपप्रधानमन्त्री पोखरेल
    © Mukundasen Television  2018  |  All rights reserved

    Website By : WebsoftNepal Pvt.Ltd.