यूईएफए नेसन्स लिगः क्रोएसियालाई पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा
३ मंसिर, काठमाडौं ।
इंग्ल्यान्डले युईएफए नेसन्स लिग फुटबलमा क्रोएसियालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
आफ्नै घरेलु मैदानमा भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई २-१ गोलअन्तरले पराजित गर्न सफल भयो । इंग्ल्यान्डका लागि जेसे लिंगार्ड र कप्तान हृयारी केनले गोल गरे । यता, क्रोएसियाका आन्द्रेज क्रमारिचले गोल गरेका थिए ।
जितपछि इंग्ल्यान्डले लिग ‘ए’ समूह ४ बाट ४ खेलमा ७ अंक बनाउँदै सेमीफाइनलमा स्थान बनाएको हो ।
तपाइँको प्रतिक्रिया