सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • अन्तर्वार्ता
    • खेलकुद
    • मनोरञ्जन
    • विचार/ब्लग
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य

भरतपुर महानगरको तेस्रो नगर सभा सम्पन्न

  •  | १० पुष २०७५, मंगलवार १९:२० , प्रकाशीत
  • Published By: Mukundasen Online
  • चितवन । भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय भरतपुर चितवनको तेस्रो नगर सभा मंगलबार सम्पन्न भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभाहलमा सम्पन्न नगर सभामा प्रस्तुत बजेट आवश्यक संशोधनसहित पारित भएको छ । नगर सभामा उत्कृष्ट कर्मचारी र संघसंस्थालाई सम्मानित गरिएको छ ।
    नगर सभालाई सम्बोधन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई नमुना शहर बनाउने उद्घोष गर्नु भएको छ । आफ्नो एकमात्र स्वार्थ भरतपुर महानगरपालिकाको सर्वाङ्गीण विकास गर्नु रहेको बताउँदै उहाँले भरतपुर महानगरपालिकालाई नमुना सहर बनाउने अभियानमा सबै जनप्रतिनिधिहरूको उत्तिकै सक्रियता हुनु पर्ने धारणा राख्नुुभयो । सेवामा प्रभावकारिता, गुणस्तरियता, दिगो र आत्मनिर्भर विकास, भौतिक पूर्वाधार निर्माण भरतपुर महानगरपालिकाको प्राथमिकता रहेको भन्दै प्रमुख दाहालले जनप्रतिनिधि, कर्मचारी र नगरवासीको सामुहिक सक्रियतामा भरतपुरलाई साँच्चिकै नमुना बनाउन सकिन्छ भन्नेमा आफू विश्वस्त रहेको धारणा राख्नुभयो ।
    महानगरपालिकाले बनाउने ऐनकानुन समयसापेक्ष संशोधन र परिमार्जन हँुदै जाने बताउँदै उहाँले अन्य कानुनहरू पनि निर्माण गर्दै जाने बताउनु भयो । प्रमुख दाहालले भरतपुर महानगरपालिका, प्रदेश सरकार, संघीय सरकार मातहातका निकायहरूबाट अर्बाैंको विकास निर्माणका कामहरू अगाडि बढिरहेको जानकारी दिँदै ती योजनाहरू समयमै गुणस्तरीय ढंगले सम्पन्न गर्न सहजीकरण र अनुगमन गर्न जनप्रतिनिधि तथा कर्मचारीहरूलाई निर्देशन दिनुभयो । भरतपुर महानगरपालिकाले आगामी बर्षहरूमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको गुणात्मक विकासका लागि विशेष योजनाहरू निर्माण गरिरहेको उहाँले बताउनु भयो ।


    भरतपुर महानगरपालिकाले आफ्नो भावी कार्यदिशामा स्मार्ट सिटीको गुरुयोजना, ठूला पूर्वाधार योजनाहरुको कार्यान्वयन, वडा कार्यालयहरुको सशक्तिकरण, राजश्व प्रशासनमा प्रविधिको प्रयोग र प्राथमिकता, महानगरव्यापी सरसफाई कार्यक्रमलाई उल्लेख गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, सहकारी क्षेत्रको उचित सरोकार एवं समन्वय, सहकार्य, सिकाई, गुणस्तर कायम र भएका कामको प्रचारप्रसारलाई पनि भावी कार्यदिशामा समेटिएको छ ।
    सभामा वडा नम्बर १० का अध्यक्ष तथा महानगरका प्रवक्ता अरूण पीडित भण्डारी, वडा नम्बर २१ का अध्यक्ष चित्रसेन अधिकारी, वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, वडा सदस्यहरू किशोर पौडेल, राममाया पिया लगायतले आआफ्नो धारणा राख्नु भएको थियो । सभामा महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले नगर सभासदहरूले उठाएका जिज्ञासाहरूको बारेमा धारणा राख्नु भएको थियो ।
    कार्यक्रममा भरतपुर महानगरपालिकाको फोहरमैला व्यवस्थापनमा सहयोग गरे वापत वे ग्रुप, ट्राफिक व्यवस्थापनमा सहयोग गरे वापत जिल्ला प्रहरी कार्यालय चितवन, उत्कृष्ट कर्मचारी जगन्नाथ अर्याल, महानगरपालिकाका प्राविधिकबाट कृष्णबहादुर ठकुरी, प्रविण श्रेष्ठ, नगर प्रहरी भिमबहादुर गुरूङ, नासु अनिता श्रेष्ठ, २६ नम्बर वडा सचिव चुडामणी भण्डारी, कर्मचारी रामप्रसाद हुमागाई, उत्कृष्ट टोल विकास संस्था लगायतलाई सम्मान गरिएको थियो ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    प्रथम प्रदेश स्तरीय इन्डोर खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन नकआउट प्रतियोगिता २०७५ गैडाकोटमा सुरु
    मुकुन्दपुर वेयल फेयर सोसाईटीद्धारा मुकुन्दसेन प्रा.वि. का बिद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण
    उद्योग वाणिज्य संघ–गैंडाकोट, जिल्ला उद्योग वाणिज्य संघमा स्तरउन्नति

    ताजा अपडेट

    प्रथम प्रदेश स्तरीय इन्डोर खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन नकआउट प्रतियोगिता २०७५ गैडाकोटमा सुरु

    अशिफ गुरुङ्ग, फाल्गुन १० गैडाकोट ११, भेडाबारीको मुकुन्दपुर कबर्ड हलमा यहि फाल्गुन १० र ११...

    मुकुन्दपुर वेयल फेयर सोसाईटीद्धारा मुकुन्दसेन प्रा.वि. का बिद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

    असिफ गुरुङ, माघ २७ मुकुन्दपुर वेयल फेयर सोसाईटी मुकुन्दपुरले मुकुन्दसेन प्रा.वि. बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री...

    • उद्योग वाणिज्य संघ–गैंडाकोट, जिल्ला उद्योग वाणिज्य संघमा स्तरउन्नति
    • बालमैत्री वडा बनाउन, गैंडाकोट वडा नं. १ मा एक दिने गोष्ठी
    • समृद्धिको आधार भनेको नै आफ्नो घरबाट सुरु गर्नु पर्छ : गैडाकोट नगर प्रमूख पौडेल
    • डा.गोविन्द केसीको अनसनले सरकार झुक्दैनः उपप्रधानमन्त्री पोखरेल
    © Mukundasen Television  2018  |  All rights reserved

    Website By : WebsoftNepal Pvt.Ltd.