खिचरा महोत्सवमा भोजपुरी गायक पण्डिले झुमाए दर्शक, दर्शकको उपस्थिति बढ्दै
चितवन, पुस २९
चितवनको खैरहनी नगरपालिकाको गौचरनमा जारी छैठौं खिचरा महोत्सवा दर्शकहरुको उपस्थिति बढ्दै गईरहेको छ । महोत्सवको आज दोस्रो दिन भएका विभिन्न आकर्षणहरुल दर्शकहरुलाई झुमाएको थियो ।
महोत्सव अन्तरगत आज (आइतबार) भोजपुरी गायक सुनिल पण्डित, जादुगर बलराम सरकारको विशेष प्रस्तुतीले दर्शकहरुले मनोरञ्जन लिए । भोजपुरी गायक पण्डितले लाली पपलगायतका चर्चित भोजपुरी गीत गाउदा उपस्थित दर्शकहरुले नाचेर धुलो उडाएका थिए ।
महोत्सव अन्तरगत तेस्रो दिन भालि (सोमबार) चर्चित गायक हेमन्त शर्मा, अर्जुन कौशल, आस्था कला केन्द्रको नृत्यु, थारु साँस्कृतिक नृत्य रहने साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए । भोली सोमबार भएकोले दर्शकको उपस्थिति बढ्नेमा आयोजकले विश्वास लिएको छ ।
महोत्सवमा रु ५० तथा विद्यार्थीका लागि रु ३० को टिकट लाग्ने टिकट लाग्ने छ । अपाङ्ग र ज्येष्ट नागरिकहरुले भने निःशुल्क अवलोकन गर्न पाउनेछन् । महोत्सवमा थारु मिनी गाउँ, बाल उद्यान, विभिन्न व्यापारिक स्टलहरु रहेका छन् । महोत्सव माघ ७ गतेसम्म चल्ने छ ।
थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले विगत ६ वर्षदेखि थारु समुदायको महान् चाड ‘खिचरा’ (माघी)को अवसरमा महोत्सव गर्दै आईरहेको छ ।
खिचरा महोत्सवमा खुल्ला नृत्य प्रतियोगिता
छैठौं खिचरा महोत्सव अन्तरगत आजदेखि खुल्ला नृत्य प्रतियोगिता सुरु भएको छ । आज भएको पहिलो चरणको प्रतियोगिताबाट ८ जना प्रतियोगी फाइनलमा प्रवेश गरेका छन् । छनौट प्रतियोगीहरुको नाम पछि घोषणा गरिनेछ । अडिसनबाट छनौट भएका १९ जना प्रतियोगीहरुले आज आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको फाइनल माघ ३ गते हुने नृत्य प्रतियोगिताका संयोजक हरिशरण चौधरीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले ३० हजार रुपैयाँ, द्धितीय हुनेले २० हजार र तृतीय हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सान्त्वना स्थान हासिल गर्ने दुई जनालाई पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार पाउने संयोजक चौधरीले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया