गण्डक काब्यधारा कार्यक्रममा ३ स्रष्ठालाई सम्मान

गण्डकी प्रदेशका १० जिल्ला र नवलपुर आसपासका जिल्लाका साहित्यकारहरु कावासोतीमा साहित्यमा झुमेका छन् । चितवन, पश्चिम नवलपरासी र रुपन्देहीका साहित्यकारहरु पनि कार्यक्रममा सहभागि थिए । मध्यबिन्दु प्रज्ञा प्रतिष्ठान, लुम्बिनी वाङ्मय प्रतिष्ठान र साधना संगम नवलपुरको संयुक्त आयोजनामा शनिबार दुई चरणमा आयोजित गण्डक काव्यधारा कार्यक्रमले नवलपुर साहित्यमय बन्यो । रचनामा सामाजिक, राजनीतिक र सांस्कृतिक कुरिति र विसंगतिका विषयलाई कविहरुले कविताका माध्यमबाट तिखो व्यङ्ग्य गरेका थिए । त्यति मात्र हैन साहित्यकारहरुले झण्डै तीन घण्टा निरन्तर वाचन गरेका रचनाहरुले कतिबेला हललाई भावबिहल बनाएको थियो त कतिबेला तालिका फोहराहरुले हल गुन्जयमान बनेको थियो ।
खासगरी समय सापेक्ष राजनीतिक अवस्था माथिको व्यङ्ग्य मात्र हैन दुई छाक हात मुख जोड्न नसकेर विदेशिएकाहरु बाकसमा घर फर्किनु परेको पीडा कवितामार्फत् प्रस्तुत गरिएको थियो । अनि पहिलोपटक नवलपुरको कावासोतीमा गरिएको गण्डक काव्यधारा–२०७६ का प्रमुख अतिथि सरुभक्त, वरिष्ठ साहित्यकारहरु डा. नवराज लम्साल, गोबिन्दराज विनोदी, दिपक सोती, सहित्यकार एवम् गण्डकी प्रदेशसभा सदस्य विष्णु लामिछाने, कावासोती नगर प्रमुख चन्द्राकुमारी पुन सहित झण्डै १०० बढी साहित्यनुरागीहरु कवितामा मन्त्रमुग्ध देखिएका थिए ।
कार्यक्रमका सभाध्यक्ष एवम् मध्यबिन्दु प्रज्ञा प्रतिष्ठानका अध्यक्ष जीवन सापकोटा युगिनले देशकै कान्छो जिल्लामा पहिलो पटक भएको कार्यक्रमले आगामी वर्षमा पनि निरन्तरता दिन थप हौसला मिलेको बताए । उनले वरिष्ठ साहित्यकारहरुको उपस्थितले नवलपुर पनि साहित्यको उर्वरभूमि रहेछ भन्ने सन्देश देशभर दिन सकिएको बताए । पहिलो चरणको निरन्तर रचना वाचन कार्यक्रममा झण्डै ४० जना सर्जकहरुले रचना वाचन गरेका थिए ।
गण्डक काब्यधारा कार्यक्रममा ३ स्रष्ठालाई सम्मान गरिएको थियो । साहित्यकार डा नवराज लम्साल,गोबिन्दराज बिनोदी र दिपक सोतीलाई सम्मान गरिएको हो । लम्साल र बिनोदीलाई मध्यबिनदु स्वर्ण पदक एवं नगद र सोतीलाई १५ हजार नगद सहित सम्मान गरिएको मध्यबिनदु प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार जिवन सापकोटा युगिनले बताउनु भयो । धरा महाकाव्यका लागी लमसाल, कैकेयी महाकाव्यका लागी बिनोदीलाई स्वर्णपदक प्रदान गरिएको हो भने शोक काब्यका लागी कवि सोतलिाई नगद सहित सम्मान गरिएको बताईएको छ ।
तपाइँको प्रतिक्रिया