सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

एक्सपर्टको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेशन सेमिनार’ भोलि

  •  | २२ जेष्ठ २०७६, बुधबार १९:१४ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • चितवन, जेठ २२–
    एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनको आयोजनामा भोलि (विहीबार) भरतपुरमा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेशन सेमिनार’ हुँदैछ ।
    भरतपुर गार्डेन रिसोर्ट भरतपुरमा विहान ११ देखि अपरान्ह ५ बजेसम्म चल्ने सेमिनारमा प्रवेश निःशुल्क गरिएको छ । सेमिनारमा अष्ट्रेलियाका १३ वटा युनिभर्सिटि तथा कलेजका प्रतिनिधिहरुले अष्ट्रेलियन शिक्षा बारे परामर्श दिने एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । उनले सेमिनारमा अभिभावक एवंम् विद्यार्थी स्वंम् उपस्थित भई अष्ट्रेलियाको शिक्षाको बारेमा राम्रो परामर्श लिने सकिने बताए । सेमिनारको सम्पूर्ण तयारी पुरा भईसकेको प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिए ।
    सेमिनारमा चाल्र्स स्टट युनिभर्सिटि, भिक्टोरिया युनिभर्सिटि, युनिभर्सिटि अफ साउथन क्वीन्सल्याण्ड, टोरेन्स युनिभर्सिटि, साउथन क्रस युनिभर्सिटि, होल्म्स इन्स्टिच्युट, एक्ससेलेसिया कलेज, कप्लान विजनेश स्कुल, क्वीबा, इसिए, ब्राइटन कलेज, अस्मी अष्ट्रेलियन स्कील्स म्यानेजमेन्ट इन्स्टिच्युटका प्रतिनिधिहरुले परामर्श दिनेछन् ।
    अष्ट्रेलियाको सिड्नीमा मूख्य कार्यालय रहेको एक्सपर्ट उत्कृष्ट शैक्षिक परामर्श केन्द्रको रुपमा परिचित छ । एक्सपर्टको अष्ट्रेलियामा मात्रै ८ वटा शाखा कार्यालय रहेको छ । त्यस्तै ९ वटा अन्य देशमा पनि एक्सपर्टले शाखा विस्तार गरी शैक्षिक परामर्श दिँदै आईरहेको छ ।
    चितवनमा एक्सपर्टको दुई वटा शाखाहरु रहेका छन् । यहाँ उत्कृष्ट आईएलटिइएस प्रशिक्षकले अध्यापन गराउने गरेको प्रवन्ध निर्देशक अधिकारीले बताए । एक्स्पर्टले वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई उत्कृष्ट परामर्श दिनुको साथै सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै आईरहेको छ । उसले दैविप्रकोपको बेलामा सहयोग गर्नेदेखि खेलकुद लगायत अन्य क्षेत्रमा सामाजिक कार्य गर्दै आईरहेको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    परिवर्तन साकोसको १४ औं वार्षिक साधारणसभा समापन
    कोटिहोम मन्दिरको नयाँ कार्य समिति चयन
    मासु र भरुवा बन्दुकसहित शेफोक्सुण्डो निकुञ्जमा एक पक्राउ

    ताजा अपडेट

    पोखरामा जीप दुर्घटना ….

    ४,माघ पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु र सात जना...

    प्रधानमन्त्री कप क्रिकेटः एपिएफले प्रदेश १ लाई हरायो

    माघ, ३ विकेटकिपर आशिफ शेखले अर्धशतकीय इनिङ्स खेल्दा विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप...

    • कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा !!!
    • सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’!!!
    • बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना
    • बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.