दस हजार रुपैयाँ नगद सहित कवि विनोदीलाई सहयोग

गैंडाकोट / २२ जेठ
कवि गोविन्दराज बिनोदीलाई सहयोग प्राप्त भएको छ । मीना लामिछाने ट्रस्टले एक कार्यक्रमको आयोजना गरि कवि बिनोदीलाई सहयोग उपलब्ध गराएको हो ।
गैंडाकोट स्थित कवि बिनोदीको निवासमा पुगेर बुधबार ट्रस्टकी अध्यक्ष मीना लामिछानेले सहयोग स्वरुप दस हजार रुपैयाँ नगद उपलब्ध गराउनु भएको हो । पछिल्लो समय कवि बिनोदी आन्द्रामा समस्या आएर उपचाररत हुनुहुन्छ । उहाँको उपचारमा धेरथोर सहयोग पुगोस् भन्ने उद्देश्यले उहाँको स्वास्थ्य लाभको कामना सहित सहयोग गरिएको ट्रस्टकी अध्यक्ष लामिछानेले बताउनु भयो । विशेषगरी छन्दमा कविता लेख्नुहुने कवि बिनोदी रास्ट्रका सम्पत्ति भएको बताउँदै उहाँलाई राष्ट्रले रेखदेख गर्नुपर्ने कवि एवं ट्रस्टका संरक्षक एलबी क्षेत्रीले बताउनु भयो । हाम्रो देशमा राष्ट्रिय प्रतीभालाई सरकारले हेर्ने वातावरण नबनेकोले कवि बिनोदी राष्ट्रका अमुल्य निधि भएर पनि पछि परेको उहाँको धारणा थियो । समारोहमा जेष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालका अध्यक्ष नारायणप्रसाद तिवारी सहित साहित्यकारहरु उदय अधिकारी, प्रेम सिग्देल, लेखराम सापकोटा, गोविन्द रिमाल, विजय बिश्वकर्मा, तेजेन्द्र राना लगायतको उपस्थिति थियो ।
तपाइँको प्रतिक्रिया