सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

रत्ननगरमा डिजिटल प्रविधिबाट नक्सा पास सुरु

  •  | २२ जेष्ठ २०७६, बुधबार १९:४० , प्रकाशीत
  • Published By: Mukundasen Online
  • चितवन, जेठ २२

    चितवनको रत्ननगर नगरपालिकाले नगरवासीहरुको सहजताका लागि डिजिटल घर नक्सापास प्रणालीको सुरुवात गरेको छ ।
    सूचना तथा प्रविधिको क्षेत्रलाई विस्तार गर्ने क्रममा नगरपालिकाले बुधबारदेखि यो सेवाको सुभारम्भ गरेको हो । रत्ननगरका मेयर नारायण वनले सो सेवाको औपचारिक शुभारम्भ गरेका हुन् ।
    सो अवसरमा मेयर वनले नक्सा पास प्रक्रियालाई सरल, पारदर्शी तथा उत्तरदायी बनाउन डिजिटल घर नक्सापास सुरु गरिएको बताए । उनले सुरक्षित र भूकम्प प्रतिरोधी भवन निर्माण, डिजाइन गर्न, सम्बन्धित घरधनी तथा डिजाइनकर्तालाई नक्सा पासको चरण तथा अवस्थाको बारेमा नियमित जानकारी दिन, डिजाइन तथा डकर्मीको लगत राखी सो सम्बन्धी जानकारी गराउन अनलाइन प्रणाली असाध्यै सहयोगी हुने बताए ।
    परम्परागत रुपबाट नक्सा पास गराउँदा अपारदर्शी आर्थिक कारोबार हुने गरेको भन्ने गुनासो आइरहेको भन्दै मेयर वनले नयाँ प्रणालीले आर्थिक कारोबारलाई पारदर्शी, सरल र सहज बनाउन, नेपाल राष्ट्रिय भवन संहिता तथा भवन निर्माण मापदण्ड पालना गर्न सो प्रणाली सार्थक हुने बताए । यो सेवाले फाइल हराउने समस्या नहुने, तुरुन्त सेवाग्राहीको विवरण हेर्न मिल्ने, नगरपालिका धाउनु पर्ने झन्झट नहुने, कसको कारणले फाइल रोकियो त्यो थाहा पाइने नगरपालिकाका इन्जिनियर नमेश गुरुङले जानकारी दिए । एउटा घर सम्पन्न हुँदा चार पटकसम्म नगरपालिका जानु पर्छ । कन्सल्टेन्सीले अनलाइनमा विवरण इन्ट्री गरेपछि नगरपालिकाको इन्जिनियरले ठिक भए नभएको जाँच गर्छन् । ठिक भए अमिन हुदै सब ओभरसियरपछि प्रमुख इन्जिनियर समक्ष फाइल पुरयाउनु पर्छ ।

    मेयर वनले रत्ननगरले सूचना प्रविधिको क्षेत्रमा ठूलो लगानी गरेपनि सोचे जस्तो प्रतिफल आउन नसकेको बताए । नगरपालिकाका सूचना तथा प्रविधि अधिकृत रवि तिवारीका अनुसार रत्ननगरमा ४२ फिचर समेटिएको मोवाइल एप, फ्रि वाइफाइ, अनलाइनबाट घटना दर्ता, अनलाइन बोलपत्र , डिजिटल हाजिरीको प्रयोग भइसकेको छ । सेवा सुभारम्भ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुकराज पोखरेल, आईटी विज्ञ राम रिमाल, इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी सन्तोष आचार्य, रत्ननगर ५ का वडाध्यक्ष कृष्ण महतोलगायतले मन्तव्य राखेका थिए ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    अफगानिस्तानमा दुई महिला न्यायाधीशको गोली हानी हत्या
    सोमबार देखि गैँडाकोटमा राष्ट्रिय परिचयपत्रको लगत संकलन कार्य सुरु हुँदै
    आजको मौसम कुन कुन स्थानमा हुदै छ त बर्षा ?

    ताजा अपडेट

    अफगानिस्तानमा दुई महिला न्यायाधीशको गोली हानी हत्या

    ५ माघ काबुल । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि राजधानी काबुलमा गोली हानी हत्या...

    सोमबार देखि गैँडाकोटमा राष्ट्रिय परिचयपत्रको लगत संकलन कार्य सुरु हुँदै

    माघ ०५, २०७७ गैँडाकोट । सोमबार देखि पूर्वि नवलपुरमाराष्ट्रिय परिचयपत्रको लगत संकलन सुरु हुने भएको...

    • आजको मौसम कुन कुन स्थानमा हुदै छ त बर्षा ?
    • पोखरामा जीप दुर्घटना ….
    • प्रधानमन्त्री कप क्रिकेटः एपिएफले प्रदेश १ लाई हरायो
    • कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा !!!

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.