सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

सूचना प्रविधिमन्त्री बास्कोटाद्धारा संसदीय समितिलाई दवाव

  •  | ६ असार २०७६, शुक्रबार १३:२४ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • काठमाण्डौं

    संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिसम्बन्धि विधेयक तत्काल पारित गर्न संसदीय समितिलाई दवाव दिनु भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बास्कोटाले संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा सो विधेयक तत्काल पारित गर्न समितिका सदस्यहरुलाई दवाव दिनु भएको हो । उहाँले सरोकार नै नभएको सो विधेयकसँग पत्रकारहरुलाई समितिका सदस्यहरुले जोड्ने गरेको भन्दै आपत्ति पनि जनाउनु भयो । समितिको बैठकमा प्रेस स्वतन्त्रतामाथि हनन् हुने गरी सो विधेयक ल्याएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ । मन्त्री बास्कोटाले भने यो विधेयकको पत्रकारहरुसँग कुनै सरोकार नै नभएकाले त्यसलाई पत्रकारहरुसँग जोडेर नहेर्न पनि समितिका सदस्यहरुलाई पटक–पटक आग्रह गर्नु भयो । उहाँले २ महिना लगाएर छलफल गर्दा पनि सो विधेयकलाई टुंगोमा पु¥याउन नसकेको भन्दै समितिप्रति असन्तुष्टि पनि व्यक्त गर्नु भयो । ‘सहमतिको नाममा सो विधेयक छलफल गरिएको दुई महिना बित्दा पनि पारित हुन नसक्नु राम्रो कुरा होइन्,’ मन्त्री बास्कोटाको भनाई थियो, ‘गलत चीजहरु छन भने त्यसमा पनि काफी छलफल गरिएको छ, विज्ञहरुसँग समेत छलफल गरिएको सो विधयेक पारित गर्न ढिलाई गरिनु हुन्न ।’

    मन्त्री बास्कोटाले सामाजिक संजालका कारण पीडितहरुको संख्या बढदै गएपछि त्यसलाई न्यूनिकरण गर्ने गरी कानुनी व्यवस्था गर्न लागिएको पनि स्पष्ट पार्नु भयो ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह
    रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी
    हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै कावासोतीमा प्रदर्शन

    ताजा अपडेट

    मलाइकाका कारण चम्किएको थियो दिपिकाको भाग्य

    फागुन १६ , एजेन्सी बलिउड उद्योगमा सबैभन्दा बढी लोकप्रिय अभिनेत्री दीपिका पादुकोणको पहिलो फिल्म ’ओम...

    दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह

    फागुन १६ , काठमाडौँ राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषितरूपमा सामाजिक बहिष्करणमा...

    • रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी
    • हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै कावासोतीमा प्रदर्शन
    • विद्युतीय बस साझा यातायातमार्फत नै खरिद गरिने
    • बर्डफ्लुको उच्च जोखिम, भारतबाट अवैध आयात जारी

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.