सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशनमा लैजाने सहमति भएको छ : अध्यक्ष पुष्पकमल दाहाल

  •  | २२ असार २०७६, आईतवार १९:३५ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • काठमाण्डौ

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशनमा लैजाने सहमति भएको छ । प्रधानमन्त्री समेत रहनु भएका ओलीसँग आईतबार बिहान एक वर्ष अघि नै पार्टीका शिर्ष नेताबीचको सर्वसम्मतिमा तयार पारिएको राजनीतिक प्रतिवेदन भोली (सोमबार) नै प्रकाशनमा लैजाने गरी सहमति गरिएको अर्का अध्यक्ष दाहालले जानकारी दिनु भएको हो । उहाँले सो प्रतिवेदन प्रकाशनमा लैजानेसहमति पार्टी एकीकरणको सबैभन्दा ठूलो काम भएको उल्लेख गर्दै खुसी पनि व्यक्त गर्नु भयो । ‘प्रधानमन्त्री ओली र मेरो बीचमा एक वर्षदेखि सम्पूर्ण रुपमा सहमति भएर पनि प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुंग्याइएको छ,’ अध्यक्ष दाहालको भनाई थियो,‘भोली त्यो प्रकाशनमा जाँदैछ, र पार्टी एकताको सन्दर्भमा त्यो एउटा ठूलो काम हामीले पूरा गरेका छौं, यसले पार्टीको आधिकारिक लाईनसम्बन्धि अन्यौललाई पनि अन्त्य गरिदिएको छ ।’

    अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रकाशन भएर आएपछि त्यसले पार्टीको आधिकारिक धारणा सम्बन्धि अन्यौल अन्त्य हुने पनि बताउनु भयो । पार्टी निकट नेपाल दूर संचार राष्ट्रिय कर्मचारी संगठनद्वारा आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले राजनीतिक प्रतिवेदनमा पार्टीको आगामी अधिवेशन एकताको महाधिवेशन हुने र सो महाधिवेशनमा विचार, राजनीति र नेतृत्वको विषय सहमति र समझदारीमै टुंगो लगाउने उल्लेख गरिएको दावी पनि गर्नु भयो ।

    अध्यक्ष दाहालले दुई पार्टीबीचको एकता संक्रमणकालमै रहेकाले नीति निर्माण र नेतृत्व चयनमा गम्भिर भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । उहाँले अहिलेका लागि नेतृत्व चयन अल्पमत र बहुमतको आधारमा नहुने भएकाले सोही अनुसार संगठनहरुको नीति र नेतृत्व चयन गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो ।

    अध्यक्ष दाहालले शासनमा पुगेपछि कम्युनिष्ट नेतृत्वको सरकारको लोकप्रियताको ‘ग्राफ’ घटेर जाने गरेको देखिएको उल्लेख गर्दै सो चुनौतिलाई सामना गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नारायणी सामुदायिक वन उपभोक्ता समुहको कार्यलय भवनको शिलान्यास
    हाँस्यव्यग्य क्षेत्रका मुर्धन्य व्यत्तित्व वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सहित जम्बाे टाेली चितवन आउने
    बालकुमारीका पूर्वविद्यार्थीहरुबाट साहासिक साईकल अभियनता सम्मानित

    ताजा अपडेट

    नारायणी सामुदायिक वन उपभोक्ता समुहको कार्यलय भवनको शिलान्यास

    मंसिर २१, गैंडाकोट नारायणी सामुदायिक वन उपभोक्ता समुहले वन पैदावर विक्री वितरण कार्यलय भवन र...

    हाँस्यव्यग्य क्षेत्रका मुर्धन्य व्यत्तित्व वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सहित जम्बाे टाेली चितवन आउने

    विगत एक दशक अगाडीबाट नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि निरन्तर...

    • बालकुमारीका पूर्वविद्यार्थीहरुबाट साहासिक साईकल अभियनता सम्मानित
    • सौगातले जिते ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प’को उपाधि
    • केउरेनीमा डेढ बर्षिय बालिकाको इनारमा डुबेर मृत्यु
    • कोकाकोला कम्पनिका कारण कालान्तरमा मरुभुमिकरण हुदैछ भरतपुर

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.