सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

कम्युनिष्ट पार्टीसँग मुकाविला गर्ने हैसियत भएको पार्टी नेपालमा कुनै पनि पार्टी छैन : नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल

  •  | ९ श्रावण २०७६, बिहीबार २०:५४ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • काठमाण्डौं
    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काम, कार्वाहीको समिक्षा गर्नुपर्ने माग गर्नु भएको छ । वरिष्ठ नेता नेपालले कमि कमजोरी छन् भने सुधारेर अघि बढ्न पनि सरकारको काम, कार्वाहीको समिक्षा गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नु भयो । बिहीबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचारीको छैठौं स्मृति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले आफ्नो कमि कमजोरीलाई सुधार गर्दै लैजाने हो भने मुलुकमा कम्युनिष्ट पार्टीको विकल्पको कल्पना गर्न नसकिने दावी पनि गर्नु भयो । कम्युनिष्ट पार्टीसँग मुकाविला गर्ने हैसियत भएको पार्टी नेपालमा कुनै पनि पार्टी नरहेको दावी गर्दै वरिष्ठ नेता नेपालले हामीले आफ्नो कमीकमजोरीलाई भने स्विकार गर्दै राम्रो ढंगले काम गर्न जरुरी रहेको पनि बताउनु भयो । उहाँले पार्टी एकताको बाँकि कामलाई विलम्व नगरी सम्पन्न गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिनु भयो ।
    वरिष्ठ नेता नेपालले पार्टी सही बाटो रहेको उल्लेख गर्दै जनताको विश्वास जित्ने गरी काम गरेर अघि बढनुपर्नेमा पनि जोड दिनु भयो । उहाँले जनतासँगको सम्बन्धलाई ‘माछा र पानीको जस्तो सम्बन्ध’ बनाउन सके मात्रै कम्युनिष्ट पार्टीका योद्धाहरुको सच्चा सम्मान हुने पनि बताउनु भयो ।

    भिडियो न्यूज हेर्नुहोस

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नारायणी सामुदायिक वन उपभोक्ता समुहको कार्यलय भवनको शिलान्यास
    हाँस्यव्यग्य क्षेत्रका मुर्धन्य व्यत्तित्व वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सहित जम्बाे टाेली चितवन आउने
    बालकुमारीका पूर्वविद्यार्थीहरुबाट साहासिक साईकल अभियनता सम्मानित

    ताजा अपडेट

    नारायणी सामुदायिक वन उपभोक्ता समुहको कार्यलय भवनको शिलान्यास

    मंसिर २१, गैंडाकोट नारायणी सामुदायिक वन उपभोक्ता समुहले वन पैदावर विक्री वितरण कार्यलय भवन र...

    हाँस्यव्यग्य क्षेत्रका मुर्धन्य व्यत्तित्व वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सहित जम्बाे टाेली चितवन आउने

    विगत एक दशक अगाडीबाट नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि निरन्तर...

    • बालकुमारीका पूर्वविद्यार्थीहरुबाट साहासिक साईकल अभियनता सम्मानित
    • सौगातले जिते ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प’को उपाधि
    • केउरेनीमा डेढ बर्षिय बालिकाको इनारमा डुबेर मृत्यु
    • कोकाकोला कम्पनिका कारण कालान्तरमा मरुभुमिकरण हुदैछ भरतपुर

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.