सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

श्री कृष्ण जन्माष्टमी चितवनमा भब्यरुपमा मनाईदै

  •  | १९ श्रावण २०७६, आईतवार १९:४० , प्रकाशीत
  • Published By: Mukundasen Online
  • चितवन, साउन १९

    श्री कृष्ण जन्मास्टमी शोभायात्रा महामहोत्सव मुल आयोजक समिति चितवनले भदौको ६ गते श्रीकृष्ण जन्माष्टमी भब्यताका साथ मनाउने भएको छ । बिश्व हिन्दु महासंघका केन्द्रिय अध्यक्ष डा रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा चितवनमा सर्ब पक्षिय छलफल  गरि भब्यताका साथ मनाउने निर्णय गरेको हो । हिन्दु धर्माबलम्बीहरुले आ–आफ्नो तवरले मनाउदै आएको यस पर्वलाई आगामी दिनबाट सबैले एकै तरिकाबाट एक भएर मनाउने निर्णय गरी सोहि अनुरुपको तयारी भएको बिश्व हिन्दु महासंघका केन्द्रिय सदस्य टंकनाथ पौडेलले बताउनु भयो । ६ गते ओमकार परिवार र सबै धार्मीक संघ संस्थाहरुले संयुक्त रुपमा शोभायात्रा सहित भब्य रुपमा कार्यक्रम गर्ने तयारी भएको पौडेल बताउनु हुन्छ । शोभायात्रामा आ– आफ्नो भेषभुषा झल्कने झाकीका साथ सबै धर्माबलम्बिलाई आ–आफ्नो पहिचान सहित उपस्थित हुन उहाँले आग्रह गर्नु भयो । कार्यक्रमको भब्यतार सभ्यताका लागी बरिष्ठ समाजसेवी उमासंकर अग्रवाललाई संयोजकका रुपमा चयन गरी आवश्यक प्रक्रिया अगाढी बढाईएको उहाँ बताउनु हुन्छ । ६ गते बिहान हरिहर मन्दिरबाट शोभायात्रा निकाली मेन रोड, भृकुटी पथ मिलन रोड ,शहिद चोक, लायन्सचोक, चौबिसकोटी, जिल्ला प्रहरी कार्यालय हँुदै जागृति चोक मा रहेको धावन रिक्रियसन सेन्टरमा पुगी  कार्यक्रममा परिणत हुने उहा बताउँनु हुन्छ ।  कार्यक्रमलाई जति सक्दो भब्य र सभ्य बनाएर हिन्दु धर्म र हाम्रो पुर्वीय दर्शनलाई बिश्वमाँझ परिचित वनाउन अव सबै हिन्दु धार्मिक अगुवाहरु सक्रिय हुनुपर्ने कार्यक्रमका संयोजक उमाशंकर अग्रवालले बताउनु भयो । कार्यक्रममा सहभागीहरुले नेपाल लाई हिन्दु राष्ट्र निर्माण गरी छाड्ने समेत प्रतिवद्धता जनाएका थिए ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नारायणी सामुदायिक वन उपभोक्ता समुहको कार्यलय भवनको शिलान्यास
    हाँस्यव्यग्य क्षेत्रका मुर्धन्य व्यत्तित्व वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सहित जम्बाे टाेली चितवन आउने
    बालकुमारीका पूर्वविद्यार्थीहरुबाट साहासिक साईकल अभियनता सम्मानित

    ताजा अपडेट

    नारायणी सामुदायिक वन उपभोक्ता समुहको कार्यलय भवनको शिलान्यास

    मंसिर २१, गैंडाकोट नारायणी सामुदायिक वन उपभोक्ता समुहले वन पैदावर विक्री वितरण कार्यलय भवन र...

    हाँस्यव्यग्य क्षेत्रका मुर्धन्य व्यत्तित्व वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सहित जम्बाे टाेली चितवन आउने

    विगत एक दशक अगाडीबाट नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि निरन्तर...

    • बालकुमारीका पूर्वविद्यार्थीहरुबाट साहासिक साईकल अभियनता सम्मानित
    • सौगातले जिते ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प’को उपाधि
    • केउरेनीमा डेढ बर्षिय बालिकाको इनारमा डुबेर मृत्यु
    • कोकाकोला कम्पनिका कारण कालान्तरमा मरुभुमिकरण हुदैछ भरतपुर

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.