सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

मेवाकाे पातकाे रसद्वारा डेंगुको उपचार , हुनेछ फाईदै फाईदा

  •  | २९ भाद्र २०७६, आईतवार १६:४३ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • अहिले डेंगुको महामरी देशभर नै छ। तीन महिनायता चार हजार बढी मानिस यसबाट प्रभावित भइसकेका छन्। डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइन्छ।

    डेंगु ज्वरोको मुख्य लक्षण

    एक्कासी उच्च ज्वरो आउनु। यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । ज्वरोका साथै यी लक्षणहरू पनि देखा पर्छन्, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड र जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

    मेवाकाे पातकाे रसद्वारा उपचार

    मेवाको पातको रसको फाइदाकोबारेमा ब्रिटिस मेडिकल जर्नलका विभिन्न जर्नलले प्रमाणित गरिसकेको छ । मेवाको पातको रस डेंगुको उपचारका लागि निकै लाभदायक मानिन्छ। यसकोे केही मात्रा सेवनले यो रोगमा धेरै फाइदा पुग्छ।

    यसले ज्वरोको अवधि घटाएर सेतो रक्तकोषका साथै ‘प्लेटलेट’ बढाउँछ। प्रतिरोधात्मक शक्ति बढाउँछ। डेंगु ज्वरोसँगै एन एस १ अन्टिजिन डाइग्नोसिस भएको दिनबाटै एलोपेथिक औषधिसँगै यसकोे प्रयोग गर्न पनि सकिन्छ। मेवाको पातको रसले मात्र पनि धेरै फाइदा पुग्छ।

    कसरी बनाउने?

    ताजा ५० ग्राम मेवाको पात लिएर सफा पानीले पखाल्ने। उमालेको चिसो ५० मिलिलिटर पानीमा मिलाएर मिक्सरमा पिस्ने। डल्लो बनाएर ३० मिनेट राख्ने राख्ने, हत्केलाले निचोरेर रस निकाल्ने अनि प्रयोग गर्ने, यसलाई फ्रिजमा राख्दा २४ घण्टासम्म प्रयोग गर्न सकिन्छ।

    यसको मात्रा बच्चालाई ५ देखि १० मिलिलिटर ३ पटक (खाना खानुअघि) दिनुपर्छ। वयस्क व्यक्तिले ३ पटक ३० मिलिलिटरका दरले तीनपटक लिन सक्छन्। रोग लागेर उपचारमा लाग्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो। डेंगुबाट बच्न यस्ता सावधानी अपनाउनु पर्छ।

    डेंगुबाट बच्ने उपाय

    घर वरिपरी जथाभावी पानी जम्मा हुन नदिने, घरआँगनका खाडलहरू पुर्ने, पानी राख्ने भाँडा राम्रोसँग छोपेर राख्ने, सुत्ने वेला झुल प्रयोग गर्ने, घरका झ्यालढोकामा जाली लगाउने, नरिवल, भटमास, निम वा लेभेण्डर तेल शरीरका खुला भागमा लगाउने गर्नाले पनि लामखुट्टे, उडुस र उपियाँ जस्ता किटाणुले टोक्न सक्दैनन्।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    आईतबार देखि खोप ७ वटैै प्रदेशमा पठाइँदै
    नेपालमा नयाँ प्रकार कोरोना भित्रिएको पुष्टि !!!
    महामारीमा अब्बल सशस्त्र प्रहरी अस्पतालमा

    ताजा अपडेट

    सोनाक्षीले पुरा गरिन् महंगो घर किन्ने सपना

    माघ १२ बलिउडका कलाकारहरु सफल हुँदै गएपछि आफैले किनेको घरमा रमाउन चाहन्छन् । परिवारसँग अलग...

    प्रधानमन्त्रीले गरे राप्ती नदीमा पुल उद्घाटन

    माघ १२ लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको प्रधानमन्त्री केपी शर्मा...

    • गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    • प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा
    • भरतपुरको सिटीहल र छ लेन सडकको प्रधानमन्त्री द्धारा शिलान्यास गरिने
    • मेक्सिको र अमेरिकी सीमा नजिक १९ मृत व्यक्ति भेटिए

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.