सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

मेडिकल कलेजहरुले अतिरिक्त रकम फिर्ता नगरे आन्दोलन गर्ने : डा. के.सी.

  •  | ८ आश्विन २०७६, बुधबार १९:३९ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • काठमाण्डौं, असोज ८

    त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले मेडिकल कलेजहरुले विद्यार्थीसँग लिएको अतिरिक्त रकम फिर्ता नगरे जुनसुकै बेला आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गरी मेडिकल कलेजले अवैध रुपमा उठाएको रकम फिर्ता गर्न आग्रह गरेका हुन् । केसीकै अनसनपछि सरकारले एमबीबीएस र बीडीएसको शुल्क तोकेको थियो तर मेडिकल कलेजहरुले तोकिएको भन्दा बढी रकम असुलेको भन्दै विभिन्न कलेजमा विद्यार्थीहरु आन्दोलनमा छन् । सरकारले एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार र काठमाडौं उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको थियो तर मेडिकल कलेजहरुले विभिन्न शीर्षकमा त्यो भन्दा बढी शुल्क उठाइरहेका छन् । केसीले परासर कोइराला नेतृत्वको समितिले बनाएको मापदण्ड अनुसार विश्वविद्यालयहरुमा नियुक्ति हुनुपर्ने माग गरेका छन् । समितिको मापदण्ड बेगर नियुक्ति भएमा मान्य नहुने समेत डा. केसीले बताएका छन् । त्यस्तै स्रंकमणकालीन न्याय सम्बन्धी आयोगमा पनि दलीय भागदण्ड स्वीकार नहुने भन्दै केसीले गम्भीर तथा मानवता विरुद्धका अपराधका दोषीलाई अन्र्तराष्ट्रिय कानुन अनुसार कारवाही सुनिश्चित गर्नसमेत माग गरेका छन् । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमडीजीपीको पढाइ तथा शीघ्र एम.बी.बी.एस. लगायतका कार्यक्रमको पठनपाठन शुरु गर्न र सबै प्रदेशमा सरकारी मेडिकल कलेज पु¥याउने काम गम्भीरतापूर्वक गर्न पनि डा. केसीको आग्रह छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    केउरेनीमा डेढ बर्षिय बालिकाको इनारमा डुबेर मृत्यु
    कोकाकोला कम्पनिका कारण कालान्तरमा मरुभुमिकरण हुदैछ भरतपुर
    नारायणगढ बुटवल सडक विस्तारको लागी गैंडाकोट वडा नम्बर १४ को भागर टाउनबाट ढुँगा , माटो निकासिका लागि सर्वपक्षीय सहमति

    ताजा अपडेट

    केउरेनीमा डेढ बर्षिय बालिकाको इनारमा डुबेर मृत्यु

    देवचुली,मंसिर १९ देवचुली नगरपालिका वडा नं १ केउरेनीमा एक डेढ बर्षिय बालिकाको ईनारमा डुबेर मृत्यु...

    कोकाकोला कम्पनिका कारण कालान्तरमा मरुभुमिकरण हुदैछ भरतपुर

    कात्तिक २९, भरतपुर संबिधानले दिएको प्राकृतिक स्रोत माथिको स्थानिय बासिन्दाको दिर्घकालिन उपयोगको अधिकार कोकाकोला कम्पनिले हनन...

    • नारायणगढ बुटवल सडक विस्तारको लागी गैंडाकोट वडा नम्बर १४ को भागर टाउनबाट ढुँगा , माटो निकासिका लागि सर्वपक्षीय सहमति
    • भारत र चीनका सबै नाकामा विषादी परीक्षण उपकरण राख्ने सरकारको तयारी
    • गैँडाकोट हर्दीमा जिप दुर्घटनामा परी १४ जना घाईते
    • मौलाकालीका सामुदायिक वन उपभोक्ता समुहको १७ औं साधारण सभा सम्पन्न

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.