सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

नेपाल र चीनका कम्युनिष्ट पार्टीका बिचमा भाइचारा सम्बन्ध स्थापित

  •  | ८ आश्विन २०७६, बुधबार १९:४१ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • काठमाण्डौं, असोज ८
    नेपाल र चीनका सरकारको नेतृत्व गरिरहेका दुई कम्युनिष्ट पार्टीका बिचमा औपचारिक भाइचारा सम्बन्ध स्थापित भएको छ । दुई देशका कम्युनिष्ट पार्टीका बिचमा मंगलवार ६ बुँदे समझदारी पत्रमा लिखित हस्ताक्षर नै भएपछि औपचारिक सम्वन्ध स्थापित भएको हो । मंगलवार दुवै कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखहरुले नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) का उपस्थितीमा हस्ताक्षर गरेपछि दुई देशका कम्युनिष्ट पार्टीका बिचमा औपचारिक भाइचारा सम्वन्ध स्थापित भएको हो । यो समझदारीसँगै अव दुवै देशका कम्युनिष्टहरुका वीचमा दुई पक्षिय उच्चस्तरीय भ्रमण आदानप्रदान, कार्यकर्ता तहको अध्ययन भ्रमण, पार्टी पार्टी अनुभव आधारित सहयोग आदानप्रदान हुनेछ । त्यस्तै, युवा र स्थानीय नेतावीच भ्रमण आदानप्रदान, जनस्तरको सम्वन्ध अभिवृद्दि र विचार सिद्दान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन हुने गरी समझदारी भएको छ ।
    यो समझदारीलाई नेपालमा निकै अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपयले सत्तारुढ दल नेकपा उत्तरी छिमेकी मुलुक चिनतिर ढल्किएको विश्लेषण पनि गर्न थालेका छन् । विगतमा यी दुई कम्युनिष्ट पार्टीका बिचमा भाइचारा सम्वन्ध रहेपनि अनौपचारिक सम्वन्ध मात्र थियो ।
    तर यस खालको औपचारिक सम्वन्ध भने बनेको थिएन । पार्टी एकतापछि नेकपाले चीनसँग पहिलो पटक यसरी औपचारिक सम्वन्ध कायम गरेको हो । यस अगाडी पार्टी एक नहुँदासम्म चीनको कम्युनिष्ट पार्टीले नेपालका तत्कालिन पार्टी एमाले र माओवादीसँग अलग–अलग रुपमा समदुरीको सम्वन्ध कायम गदै आएको थियो । ति सम्वन्धहरु अनौपचारिक सम्वन्ध थिए तर यो समझदारी सहितको सम्वन्धपछि भने औपचारिक रुपमा नै भाइचारा सम्वन्ध स्थापित भएको नेकपाका नेताहरुले जनाएका छन् । यो समझदारी पछि अव दुई देशका कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको एक अर्काे देशमा आवातजावत बढने छ भने सम्वन्ध थप विकास हुने अपेक्षा गरिएको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नारायणी सामुदायिक वन उपभोक्ता समुहको कार्यलय भवनको शिलान्यास
    हाँस्यव्यग्य क्षेत्रका मुर्धन्य व्यत्तित्व वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सहित जम्बाे टाेली चितवन आउने
    बालकुमारीका पूर्वविद्यार्थीहरुबाट साहासिक साईकल अभियनता सम्मानित

    ताजा अपडेट

    नारायणी सामुदायिक वन उपभोक्ता समुहको कार्यलय भवनको शिलान्यास

    मंसिर २१, गैंडाकोट नारायणी सामुदायिक वन उपभोक्ता समुहले वन पैदावर विक्री वितरण कार्यलय भवन र...

    हाँस्यव्यग्य क्षेत्रका मुर्धन्य व्यत्तित्व वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सहित जम्बाे टाेली चितवन आउने

    विगत एक दशक अगाडीबाट नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि निरन्तर...

    • बालकुमारीका पूर्वविद्यार्थीहरुबाट साहासिक साईकल अभियनता सम्मानित
    • सौगातले जिते ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प’को उपाधि
    • केउरेनीमा डेढ बर्षिय बालिकाको इनारमा डुबेर मृत्यु
    • कोकाकोला कम्पनिका कारण कालान्तरमा मरुभुमिकरण हुदैछ भरतपुर

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.