सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

नारायणगढ बुटवल सडक विस्तारको लागी गैंडाकोट वडा नम्बर १४ को भागर टाउनबाट ढुँगा , माटो निकासिका लागि सर्वपक्षीय सहमति

  •  | २९ कार्तिक २०७६, शुक्रबार १३:५७ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • नवलपुर,कात्तिक २९
    नारायणगढ–बुटवल सडक विस्तारको लागी गैंडाकोट वडा नम्बर १४ बाट ढुँगा, माटो लगायतका निमार्ण सामाग्रीहरु ल्याउने भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागरबाट ल्याइने भएको हो । गैंडाकोट १४ मा रहेको ७५ रोपनी नम्बरी जमिनबाट माटो ढुवानी गरे वापत प्रतिघनमिटर रु १५को दरले रकम प्रदान हुने सम्झौता भएको हो ।

    रुख बिरुवा नभएको पहाडको डिस्को खनेर बाटो विस्तारमा प्रयोग गर्दै खेतीयोग्य जमीन बनाउने उद्देश्यले स्थानीयले माटो बिक्री गरेका नगर प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो । सडक विस्तारका लागि ठेक्का पाएको चिनियाँ कम्पनीलाई निर्माण सामग्री उपलब्ध गराउने जिम्मा पाएको सुपा निर्माण कम्पनी प्रालीले माटो लगेबापत नगरपालिकालाई प्रतिघनमिटर रु १५ का दरले करसमेत तिर्ने पौडेलले बताउनुभयो ।माटो लैजाने विषयमा गैँडाकोटको भागरमा भएको छलफलका क्रममा नगर पौडेलले माटो लैजाँदा दिउँसोको समयमा लैजानुपर्ने, सडक बिगारेको अवस्थामा तत्काल मर्मत गर्नुपर्ने तथा अन्तिममा छ मिटरको कालोपत्र सडक निर्माण गरिदिनुपर्ने लगायतका विभिन्न सहमति भएको बताउनुभयो ।पूर्व–पश्चिम राजमार्गको गैँडाकोट नगरपालिका–१४ मा पर्ने अमरापुरी चोकबाट उत्तरतर्फको भागरको माटो स्थानीयले बिक्री गरेका हुन् । प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएबमोजिम मात्रै माटो खन्न पाउने गरी सम्झौता गरिएको गैँडाकोटका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताउनुभयो ।
    माटो लैजाने पक्षले सम्झौताविपरीत काम गरेको अवस्थामा ठेक्का रद्द गराएर कारवाही गर्ने अधिकार नगरपालिकासँग भएको उहाँको भनाइ छ । सो स्थानको माटो नारायणगढ–बुटवल सडक खण्ड विस्तारका लागि खण्ड १ मा प्रयोग हुने नगरपालिकाले जनाएको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    केउरेनीमा डेढ बर्षिय बालिकाको इनारमा डुबेर मृत्यु
    कोकाकोला कम्पनिका कारण कालान्तरमा मरुभुमिकरण हुदैछ भरतपुर
    भारत र चीनका सबै नाकामा विषादी परीक्षण उपकरण राख्ने सरकारको तयारी

    ताजा अपडेट

    केउरेनीमा डेढ बर्षिय बालिकाको इनारमा डुबेर मृत्यु

    देवचुली,मंसिर १९ देवचुली नगरपालिका वडा नं १ केउरेनीमा एक डेढ बर्षिय बालिकाको ईनारमा डुबेर मृत्यु...

    कोकाकोला कम्पनिका कारण कालान्तरमा मरुभुमिकरण हुदैछ भरतपुर

    कात्तिक २९, भरतपुर संबिधानले दिएको प्राकृतिक स्रोत माथिको स्थानिय बासिन्दाको दिर्घकालिन उपयोगको अधिकार कोकाकोला कम्पनिले हनन...

    • नारायणगढ बुटवल सडक विस्तारको लागी गैंडाकोट वडा नम्बर १४ को भागर टाउनबाट ढुँगा , माटो निकासिका लागि सर्वपक्षीय सहमति
    • भारत र चीनका सबै नाकामा विषादी परीक्षण उपकरण राख्ने सरकारको तयारी
    • गैँडाकोट हर्दीमा जिप दुर्घटनामा परी १४ जना घाईते
    • मौलाकालीका सामुदायिक वन उपभोक्ता समुहको १७ औं साधारण सभा सम्पन्न

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.