सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

हाँस्यव्यग्य क्षेत्रका मुर्धन्य व्यत्तित्व वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सहित जम्बाे टाेली चितवन आउने

  •  | २१ मंसिर २०७६, शनिबार १९:२३ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • विगत एक दशक अगाडीबाट नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि निरन्तर लागिरहेको मोफसलकै एक मात्र संस्था लक्की मिडिया हाउस चितवनको आयोजनामा हुन लागेको चलचित्र “कबड्डी कबड्डी कबड्डी”को बिशेष शोको लागि हाँस्यव्यग्य क्षेत्रका मुर्धन्य व्यत्तित्व वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ चितवन आउने भएका छन् । श्रेष्ठ सहित अन्य चर्चित कलाकार यही मसीर २३ गते सिजील्याण्डमार्कको चितवन सिनेप्लेक्समा हुने बिशेष शोमा आउने भएका हुन । उनको साथमा अभिनेत्री लक्ष्मी गिरी, अभिनेता विपिन कार्की, नायिका वर्षा राउत, हास्य कलाकार बुद्धी तामाङ, रंग पत्रकार बिना श्रेष्ठ, नायिका उपास्ना सिंह ठकुरी, अभिनेत्री तथा निर्मात्री रोशनी केसी लगायतका व्यक्तिहरुको उपस्थिति हुने छ । पछिल्लो समय कलाकारीता क्षेत्र धराशायी बन्दै गइरहेका बेला नेपाली कलाकारिता क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्धेश्यले उनीहरुलाई यहांँ ल्याउन लागिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की”ले जानकारी दिए । उनका अनुसार सो अबसरमा विभिन्न सिनेक्षेत्रका हस्ती ,ब्यवसायी तथा समाजसेवीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । यसले कलाक्षेत्र र कलाकारलाई थप प्रोत्साहन मिल्ने कार्कीको भनाई छ । विगतका दिनहरुमा समेत विभिन्न क्षेत्रमा आबद्ध कलाकार, व्यवसायी, चिकित्सकलाई मिडिया हाउसले सम्मान गर्दै आएको छ । यस्ता प्रर्वद्धनात्मक कार्यक्रमले नेपाली चलचित्र उधोग तथा कलाकारिता क्षेत्रलाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    सोमबार देखि गैँडाकोटमा राष्ट्रिय परिचयपत्रको लगत संकलन कार्य सुरु हुँदै
    पोखरामा जीप दुर्घटना ….
    प्रधानमन्त्री कप क्रिकेटः एपिएफले प्रदेश १ लाई हरायो

    ताजा अपडेट

    अफगानिस्तानमा दुई महिला न्यायाधीशको गोली हानी हत्या

    ५ माघ काबुल । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि राजधानी काबुलमा गोली हानी हत्या...

    सोमबार देखि गैँडाकोटमा राष्ट्रिय परिचयपत्रको लगत संकलन कार्य सुरु हुँदै

    माघ ०५, २०७७ गैँडाकोट । सोमबार देखि पूर्वि नवलपुरमाराष्ट्रिय परिचयपत्रको लगत संकलन सुरु हुने भएको...

    • आजको मौसम कुन कुन स्थानमा हुदै छ त बर्षा ?
    • पोखरामा जीप दुर्घटना ….
    • प्रधानमन्त्री कप क्रिकेटः एपिएफले प्रदेश १ लाई हरायो
    • कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा !!!

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.