सुनको मूल्य फेरी बढ्यो ,तोलाको ७६ हजार ५००

पौष २३ , काठमाडौँ
नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको छ । केही दिनयता लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य बुधबार ७६ हजार ५०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो ।
मंगलबार सुनको मूल्य ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन ७६ हजार २०० मा कारोबार भएको छ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार रु २० बढेर तोलामा ९२० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रिया