सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

कोटिहोम महायज्ञस्थलमा छैनन प्रमुख वाचक स्वामी बालयोज्ञश्वर

  •  | १३ माघ २०७६, सोमबार १७:१६ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • माघ १३ , चितवन
    सोमबार नारायणी नदी किनारमा आयोजना भएको एक महिने कोटिहोम महायज्ञमा प्रमुख वाचक देखा परेका छैनन । आफूलाई स्वामी बालयोगेश्वर महाराज बताउने विजय भण्डारीको सकृयतामा नारायणी नदी किनारामा ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोहत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’ गरिएको हो । उनको ठगी धन्दा बारेको समाचार कान्तिपुर दैनिकले मूख्य पृष्ठमा प्रकाशन गरेपछि महायज्ञ विवादमा परेको हो । महायज्ञ विवादको भूमरिमा परेपछि महायज्ञ आयोजक संस्थाले महायज्ञमा प्रमुख वाचक रहेका स्वामी बालयोज्ञश्वरलाई प्रवचनका लागि रोक लगाएको छ । सोमबार महायज्ञमा प्रमुख वाचक नै नभएपछि मानिसहरुको चहलपहल पनि खासै देखिएन । विभिन्न लक्ष्य लिएर संचालन गरिएको महायज्ञमा ३ करोड भन्दा बडी खर्च भएको बताईएको छ भने २५ करोड उठाउने लक्ष्य राखेको थियो । आफूलाई ‘बालयोगेश्वर महाराज’ बताउने भण्डारीले धार्मिक आवरणमा आफ्नो ठगी र जालझेलको विगत लुकाउँदै आएको फेला परेको विभिन्न सामाजिक संजाल तथा सन्चारमाध्यममा यतिबेला चर्चा चलिरहेको छ । उनले आफूलाई सार्वजनिक वृत्तमा श्री विष्णु प्रपन्नाचार्यजी महाराजको नाममा चिनाउँदै आएका थिए ।
    यतिबेला नेपालका चर्चित गुरु भन्दै बनारस पुगेर भण्डारीले आफूले अमेरिकामा हुने वर्ल्ड गीता म्याराथन, श्रीमद्भागवत, श्रीराम चरितमानस, गीता प्रवचन लगायत कार्यक्रममा नेपाल र भारतबाट १०८ जनालाई प्रवचन गर्न लैजान लागेको भन्दै करिब एक सय जना विद्यार्थीबाट जनही एक लाख रुपैयाँ उठाएर ठगी गरेको र अमेरिका जान आयोजक संस्थाको सदस्यतासहित कुल खर्च ५ लाख ५० हजार लाग्ने र सुरुमा पेस्कीबापत एक लाख रुपैयाँ दिनुपर्ने सर्त राखेर करोड रुपैयाँभन्दा धेरै उठाएका समाचार सार्वजनिक भएको हो । महायज्ञ उद्घाटन गर्दे स्वामी बालयोज्ञश्वरले जस्तोसुकै अवस्था आएपनि महायज्ञ सफल बनाउन आफू प्रतिबद्ध रहेको बताएका थिए । तर आईतबार महायज्ञ स्थलमा प्रमुख वाचक नै नरहेपछि महायज्ञ सफल हुने अवस्था देखिदैन ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    पोखरामा जीप दुर्घटना ….
    प्रधानमन्त्री कप क्रिकेटः एपिएफले प्रदेश १ लाई हरायो
    कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा !!!

    ताजा अपडेट

    पोखरामा जीप दुर्घटना ….

    ४,माघ पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु र सात जना...

    प्रधानमन्त्री कप क्रिकेटः एपिएफले प्रदेश १ लाई हरायो

    माघ, ३ विकेटकिपर आशिफ शेखले अर्धशतकीय इनिङ्स खेल्दा विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप...

    • कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा !!!
    • सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’!!!
    • बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना
    • बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.