अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी

माघ २९ , काठमाडौँ
आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । ओमान, नेपाल र अमेरिकाबीचको ऋंखलाको अन्तिम खेलमा नेपालले शानदार जित हासिल गरेको हो ।
अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य पछ्याएको नेपाल ५.२ ओभरमा २ विकेट गुमाउँदै पुरा ग¥यो । नेपाललाई जितका लागि ६ रन आवश्यक हुँदा दीपेन्द्र सिंह ऐरीले छक्का प्रहार गरेका थिए । पारस खड्का २० र दीपेन्द्र सिंह ऐरी १५ रनमा नटआउट रहे । नेपालका दुवै ओपनर कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेल आज पनि चल्न सकेनन् ।
नेपालको स्कोर १ रन हुँदा कप्तान ज्ञानेन्द्र मल्ल १ रन बनाएर केन्जीगेको बलमा बोल्ड आउट भए भने सुवास खकुरेल केन्जीगेको बलमा नै खाता नखोल्दै बोल्ड आउट भए । नेपालले २ रनको अवस्था २ विकेट गुमाएको थियो । त्यसपछि आएका पारस र दीपेन्द्रले नेपाललाई जित दिलाएका थिए ।
अमेरिकाका लागि केन्जीगेले दुई विकेट लिए ।
तपाइँको प्रतिक्रिया