नवलपुर आउदा सिजी मन्दिर नपस्ने कम नै होलान

बिबेक भण्डारी २९ दुम्कौली, नवलपरासीको देवचुलिनगरपालिका दुम्कौलिमा रहेको चौधरी उघोग ग्राम संगै रहेको सिजी मन्दिर यतिबेला नवलपुर आउने हरेकको गन्तव्यको स्थल बनेको छ । हामिले सिजी मन्दिर भनेर चिने पनि बास्तवमा सो मन्दिर श्री काञ्ची शंकरा सदाशिव लिंगम्को नामले स्थापना गरिएको चौधरी समूहका महाप्रबन्धक मधुसुदन पौडेलले जानकारी दिनुभयो । हेर्दै मनमोहक देखिने मन्दिरको निर्माण सुरु भएको बाह्र वर्ष पुगिसकेको छ । पुर्वपश्चिम राजमार्ग देखि उत्तर तर्फ रहेको यस मन्दिरमा...

‘ब्रासलेट’ मौलकितामा आधारित चलचित्र तीजको कोसेली हो ’ – निर्देशक शर्मा

राजेन्द्र आचार्य चितवन, १२ भदौं । नेपाली चलचित्र ‘ब्रासलेट’ समाजमा भैरहेको घटना र मौलकितामा आधारित रहेको त्यसका निर्माता तथा निर्देशकले बताएका छन् । चितवनमा आज पत्रकार सम्मेलन गरी चलचित्र ब्रासलेटका निर्माता केशव भट्टराईले सामान्यतया भैरहेको घटनालाई जोडेर चलचित्र बनाएको बताउनुभयो । चलचित्रको प्रचारप्रसारमा लागेको ब्रासलेट टिमले आज चितवनका पत्रकराहरु माझ चितवनका दर्शकमाथि धेरै नै भरोसा रहेको बताएका छन् । तीजका दर्शकलाई केन्द्रित गरेर भदौ १७ बाट चलचित्र प्रदर्शन गर्न लागिएको...

प्रियंका लाइ चिन्ने हो माला हेर्नुस

श्रावण ३०, प्रियंका कार्की पछिल्लो समय रूचाईएकी अभिनेत्री हुन् । अभिनय र काम गर्ने शैलीले सबैको मन जित्दै गएकी प्रियंकाका यो बर्ष आधा दर्जनभन्दा बढि फिल्म रिलिज भए । सफलता ? शून्य जस्तै छ । उनको व्यस्तता भने ज्यादै छ । फिल्म सफल हुनु र नहुनुसँग प्रियंकाको सम्बन्ध हुँदैन । ‘आफूले पाएको भूमिकामा न्याय गर्न सक्छु, फिल्म हिट र फ्लप हुनुको ग्यारेन्टी म लिन सक्दिन’, प्रियंकाले भनिन्, ‘म आफूले...

डि सिने अवार्डः कुन कुन चलचित्र उत्कृष्ट (सुचीसहित)

काठमाडौं 30 ,पोखरामा शनिबार सम्पन्न डि सिने अवार्डमा पछिल्लो बर्ष रिलिज फिल्म ‘क्लासिक’ले उत्कृष्टको अवार्ड जितेको छ भने सोहि फिल्मबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेका छन् । तर उत्कृष्ट निर्देशक तर्फबाट पशुपतिप्रसादबाट दिपेन्द्र के खनालले अवार्ड जिते । निर्देशकले नै बनाएको फिल्मले नपाउनु तर निर्देशक भने उत्कृष्ट ठहरिनुले विवाद निम्त्याउने निश्चित छ । यस्तै नव अभिनेतातर्फ नाई नभन्नु ल ४ बाट पल शाहले...

कति कमायो ‘जय परशुराम’ले दुई दिनमा ? (वक्सअफिस)

काठमाण्डौ ३०, शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जय परशुराम’ले सुखद ओपनिङ गरेको छ । वितरक तथा हल सञ्चालकहरुबाट फिल्मीखबरलाई प्राप्त विवरण अनुसार फिल्मले दुई दिनमा देशभरबाट ४५ लाखको विजनेस गरेको छ । रिलिज हुने नहुनेबारेको अनेकन प्रचारले फिल्मको विजनेसमा केहि असर पारेपनि निर्माण टिमले प्राप्त विजनेसबाट सन्तुष्ट रहेको बताएको छ । राजधानीमा फिल्मले पहिलो दिन ८ लाख र दोश्रो दिन १७ लाखको विजनेस गरेको वितरण श्रोत बताउँछ । त्यस्तै मोफसलमा...

ज्योती मगरको धोकोलाई यसरी पुरा गरिदिए दुर्गेसले

चितवन– लोकदोहारी तर्फको हट मोडेलको रुपमा चिनिकी गायिका एवंम मोडेल हुन् ज्योती मगर । तिनै ज्योतीलाई आफ्नो जोवन सुम्पन विभिन्न इच्चाहरु जाहेर गर्ने गरेकी छिन् । अब उनको इच्छा त्यसै मरेर जाने छैन् । गायिका एवंम मोडेल ज्योतीको इच्छा अब अर्का मोडेल दुर्गेसले पुरा गरिदिएका छन् । चर्चित गीतकार एवंम निर्देशक शंकर अधिकारी ‘घायल’को गीत र निर्देशनमा बनेको एक म्युजिक भिडियोमा ज्योती मगर र दुर्गेस थापाले रोमान्स गरेका छन् । उनीहरु...

उमाको गिरीको ‘नक्कली गहनाले पल्कायो चोर’

हरेक तिजमा नयाँ गित कोसेली प्रस्तुत गर्दे आएकी गायिका उमा गिरिे यस पटक पनि नक्कली गहनाले पल्कायो चोर भन्दैं स्रोता दर्शक माझ आएकी छन् । गाएक खुमन अधिकारी संग मिलेर गाएको उनको गितमा गहना प्रति बढ्दैं गएको मोह र त्यसले समाजमा निम्त्याउने विकृति माथी व्यग्य गरिएको छ । गितमा गहनाकैं कारण महिलामाथी बढ्दैं गएको असुरक्षालाई पनि इंगित गरिएको छ । बिष्णु न्यौंपानेको शब्द र खुमन अधिकारीको संगितमा तयार भएको यो गितलाई...

इन्गेजमेन्ट गरेको एक बर्षपछि एनीसँग बिहे गर्दै विनय

असार २७ गतबर्षको भदौमा इन्गेजमेन्ट गरेका नायक विनय श्रेष्ठले आज आफ्नी प्रेमिका एनी थापालाई दुलही बनाएर घर भित्राउँदैछन् । करिब ३ बर्ष लामो प्रेमलाई विनय र एनीले विहेमा परिणत गर्न लागेका हुन् । विनय र एनीले इन्गेजमेन्ट गरेपछि विभिन्न सार्वजनिक कार्यक्रममा एकसाथ पुग्ने गरेका थिए । ब्यूटी थेरापिस्टको पेशा अगाल्दै आएकी एनी र विनयको बिहेमा कलाकार र रंग पत्रकारलाई निम्तो गरिएको छ । काठमाण्डौको एक पार्टी प्यालेसमा अहिले यी दुइको बिहे चलिरहेको...

हाफपेन्ट लगाएको फोटो पत्रिकामा आएको थियो, हजुरआमाले धेरै गाली गर्नुभयो :अशिस्मा नकर्मी

अन्तरालबाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेकी अशिस्मा नकर्मीको संरक्षण प्रर्दशनको तयारीमा छ । सिनेमा क्षेत्रमा प्रवेश गरेको लगभग ३ बर्षमा उनले तोरी लाहुरे,राघब ,लभ यू बाबा,अर्धकट्टी ,बाटोमुनीको फूल जस्ता सिनेमामा काम गरिन् । उनको सिनेमालाई सालाखालामा हेर्ने हो भने सबैले औसत ब्यापार गरेका छन् । उनी नेपाली बाहेक नेवारी भाषाका चलचत्रिमा पनि अभिनय गर्छिन् । अशिस्मासँग गरिएको कुराकानी : फिल्म बाहेक अरु के के भईरहेको छ ? अब कामै...

चलचित्रका लागि वास्तविक नाम लुकाउने नेपाली सेलिब्रेटी

सिने क्षेत्रका चर्चित केहि सेलिब्रेटीहरुको वास्तविक नाम हामीमध्ये केहिलाई मात्र थाहा होला तर धेरैलाई थाहा छैन ।  केहि सेलब्रेटीहरुले सिने क्षेत्रमा प्रवेश गरेपछि  आफ्नो नाम परिवर्तन गरेका छन् ।  तिनै   सेलिब्रेटीहरुको वास्तविक नामबारे फर्सीनेटवर्कले एक सामाग्री तयार पारेको छ । तलको सामाग्री पढ्नुहोस् र आफूलाई मन पर्ने सेलिब्रेटीको वास्तवीक नाम थाहा पाउनुहोस् । करिस्मा मानन्धर : सदावहार नायिका करिस्मा मानन्धरको नाम बच्चा देखी बृद्धासम्म सबैको मुखमा झुण्डीएको छ । तर...