
१४ माघ, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउदै नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर सुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल विधिबाट खोप अभियान सुरु गरेका हुन् । अभियान शुभारम्भ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश वाचन गरेर सुनाइएको थियो । काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली,...

माघ,१३ प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ । प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१ र ७२५ सरसफाइ कर्मचारी गरी कूल ३५ हजार ५७६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले पहिलो चरणमा प्रदेशमा पठाइएको नौ हजार ६०० मात्रा...

१० माघ आईतबार देखि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । उहाँका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिनेछ । आइतबारसम्म सबै प्रदेशमा खोप पुग्ने मन्त्रालयले जनाएको छ...

माघ ,५ कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो । पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भए र नभएको खुलेको थिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ पुसमा उनीहरुको नमुना हङकङ प्रयोगशालामा पठाइएको...

पुष, २७ कोरोना महामारीमा देशभर भएको मृत्यु संख्या दुई हजार हाराहारीमा पुगिरहँदा काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड–१९ विशेष अस्पतालमा मृत्यु हुनेको संख्या नगन्य छ ।इन्टेसिभ केयर युनिट (आईसीयू) मा राख्नुपर्ने र लक्षणयुक्त संक्रमित मात्र भर्ना हुने यो अस्पतालले ५९ जनालाई बचाउन सकेन । हालसम्म निको भएर फर्कनेको संख्या भने दुई हजार २६६ छ ।अस्पतालका फिजिसियन डा. रोशन झा अर्ली इन्टरभेन्ट (स्थिति बिग्रिर्नु अगावैको उपचार) र रेगुलर मोनिटरिङ (नियमित निगरानी)...

२६, पुष विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतले अगामी शनिबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु गर्ने भएको छ । उक्त अभियान सुरु गर्ने बसेको प्रधानमन्त्री नरेन्द्र मोदी सहितको बैठक पछि सो निर्णय लिएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले यो अभियानलाई महत्वपूर्ण कदम भन्दै जुलाई सम्म ३० करोड जनतालाई खोप लगाउने बताउनुभयो । पहिलो चरणमा स्वास्थ्य क्षेत्र र अग्रमोर्चामा काम गर्ने ३ करोड जनतालाई खोप दिइनेछ ।...

पुस २६, विज्ञानका तथ्य भन्दा पनि तर्क–कुर्तकमा विश्वास गर्नेहरुका लागि कोरोनाभाइरस सामान्य रुघाखोकी जस्तै मात्रै हो, उनीहरुको भनाइ सुन्दा यस्तै लाग्छ । तर विश्व वैज्ञानिक जगतका लागि कोरोनाभाइरस सामान्य रुघाखोकी मात्रै पटक्कै होइन । यो त एउटा त्यस्तो नयाँ खालको भाइरस हो, जसले गर्ने असर र त्यसको दीर्घकालीन प्रभावहरुका बारेमा जान्न, बुझ्न र थाहा पाउनुपर्ने कुराहरु अझै धेरै बाँकी नै छन् । यसै मेसोमा कोरोनाभाइरस र त्यसले गर्ने असरका बारेमा विभिन्न...

पुस २४ कोरोना संक्रमणले सताईरहेको बिरामीको ज्यान बचाउनका लागि थप दुई जीवन रक्षक औषधी भेटिएको दाबी गरिएको छ । यी औषधी कोरोना संक्रमितको मृत्युदरमा एक चौथाई कमी ल्याउन सक्ने सम्भावना पनि व्यक्त गरिएको छ । बेलायतको नेशनल हेल्थ सर्भिस ९एनएचएस० को इन्टेन्सिव केयर युनिट ९आइसीयू० मा यी भ्याक्सिनको ट्रायल गर्ने अनुसन्धानकर्ताले यी औषधी खोपमार्फत् दिइने र उपचार गरिएका हरेक १२ जनामध्ये थप एकजनाको ज्यान बचाउन सक्ने दाबी गरेका छन् ।...

पुस २२ काठमाडौँ — बेलायतबाट फर्केका तीन जनामा यूके भेरिएन्ट ९बी–११७० कोरोना भाइरस भएको आशंका गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ९एनपीएचएल० मा उनीहरूको स्वाब परीक्षण गर्दा बेलायतमा आनुवांशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको हो । कोरोना पोजिटिभ देखिएका उनीहरूबाट लिइएको स्वाबको नमुना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी–११७ हुन सक्ने सम्भावना बढेको हो । यसको पुष्टि गर्न सरकारले सोमबारसम्म हङकङ विश्वविद्यालयको प्रयोगशालामा नमुना पुर्याइसक्ने योजना बनाएको छ । ‘हङकङ पठाउनका लागि...

पुस १६, २०७७ धर्म परिवर्तन गराएको आरोपमा कारबाहीमा पर्ने सुइँको पाएपछि बनेपाको शिर मेमोरियल अस्पतालका चिकित्सक स्वदेश फर्किए । अस्पतालभित्रै चर्च स्थापना गरेर हिन्दु र बौद्धमार्गी नेपाली नागरिकलाई गैरकानुनी रूपमा धर्म परिवर्तन गराएको आरोपमा सरकारले छानबिन सुरु गरेपछि काभ्रेको बनेपास्थित शिर मेमोरियल अस्पतालका चिकित्सक एवं प्रमुख कार्यकारी अधिकृत सीईओ समेत रहेका अमेरिकी नागरिक डा। डेल माइकल मोल भागेका छन् । कारबाही हुनु २ दिनअगावै ५०६०२०७२१ राहदानी वाहक उनी पत्नी सुशन मोलसहित...