
माघ ३० चीनमा बेलायती प्रसारण संस्था बिबिसीको बिबिसी वर्ल्ड न्युज प्रसारण बन्द गरिएको छ । चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै बिबिसी वर्ल्ड न्युजले समाचार प्रसारण गर्दा सत्यता र निष्पक्षताको मापदण्ड पूरा नगरेको र चीनको राष्ट्रिय स्वार्थ र जातीय एकतामा खलल पुर्याउने सामग्री प्रसारण गरेकाले प्रतिबन्ध लगाइएको बताएको छ। केही हप्ताअघि चीन सरकारले कोभिड(१९, वुइघुर मुस्लिमको बाहुल्यता रहेको पश्चिमी सिन्जियाङ प्रान्तमा प्रणालीगत बलात्कार, यौन र श्रम...

माघ २९ दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएको रभूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । बुधबार साँझ ७।७ म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भूवैज्ञानिक एजेन्सीले जानकारी पदएको छ । यो भूकम्प लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा गएको थियो । यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ । यद्यपि भूकम्पले पुर्याएको क्षतिको विवरण आइसकेको छैन । यसैबीच अष्ट्रेलियाको मौसम एजेन्सीले दक्षिण प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प गएका कारण सुनामी आएको...

१९ माघ म्यानमार सेनाले सरकारको शासनसत्ता आफ्नो हातमा लिएको छ । सेना समर्थित टेलिभिजनबाट भिडिओ सन्देश जारी गर्दै एक वर्षका लागि संकटकाल घोषणा गरेको पनि जनाइएको छ । बिहान मात्र प्रजातन्त्रवादी नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिएको थियो । गत नोभेम्बरमा भएको संसदीय निर्वाचनमा सुकी नेतृत्वको पार्टीले सरकार गठन गर्नका लागि अत्याधिक बहुमत प्राप्त गरेको भएपनि सेनाले निर्वाचनमा धाधली भएको भन्दै सरकार गठन गर्न दिएको थिएन...

माघ १५, यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु भएको छन् भने २९ जना गम्भीर घाइते भएका छन् । पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधबार बसमा समेत आगलागी भएको हो । सो दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिन भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा स्थानीय समयअनुसार बुधबार दिउँसो ३ः३० बजे दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।...

माघ,१४ दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस संक्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना संक्रमण भेटिएको यो पहिलो घटना हो । पछिल्लो समय उक्त बस्तीमा कोरोना महामारी फैलिएको थियो । उक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा बिरालोमा समेत संक्रमण पाइएको हो । उक्त बिरालो पाल्ने परिवारका तीन सदस्यमा पनि भाइरस...

माघ १३ कतारी सरकारले नेपालसँग कुनै किसिमको सम्झौता नगरी नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ। कुनै पनि मुलुकले अर्को मुलुकका नागरिकलाई आफ्नो सुरक्षा निकायमा भर्ना गर्दा सम्झौता हुनुपर्ने सर्वव्यापी मान्यता भएता पनि सुरक्षा निकायमा भर्ना गर्ने किसिमको कुनै सम्झौता भएको छैन। अहिलेसम्म नेपालले मलेसिया, सिंगापुर र भारतसँग मात्र नेपाली युवालाई सुरक्षा निकायमा भर्ना हुन दिनेगरी सहमति दिएको छ। नेपाल र यी तीन मुलुकबीच यसबारे सम्झौता पनि भएका छन्। तर कतारसँग...

१२ माघ अमेरिका र मेक्सिकोको सिमाना नजिक १९ मृत व्याक्ति भेटिएका छन् । उक्त क्षेत्र लागु औषध ओसारपसारका लागि प्रयोग हुनेगरेको क्षेत्र भएको र त्यहाँ प्रायः झगडा हुनेगरेको तामाउलिपास राज्यका अभियोजनकर्ताहरूको कार्यालयले जानकारी दिएको छ । प्रहरीले कार्मागो शहर नजिकैको मेक्सिकोको सडकमा मानव अवशेष भएको दुई वटा गाडीहरू भेट्टाएको पुष्टि गरेको हो । पीडितलाई गोली लागेको थियो र त्यसपछि उनीहरूको शरीरलाई जलाएर राखेको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बताएको छ ।...

९ माघ भारतको महाराष्ट्रमा रहेको सेरम इन्स्टिच्युड अफ इन्डिया कम्पनिमा आगलाग ि भएको छ । करोनाभाइरस विरुद्धको लाखौँ लाख खोप उत्पादन गरिरहेका बेला हिजो ठूलो आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभएपनि अन्य ठूलो क्षति भएको प्रारम्भिक प्रतिक्रिया सार्वजनिक भएको छ । आगो नियन्त्रणका लागि १० ओटा दमकल परिचालन गरिएको थियो । कम्पनीको उत्पादन गृहको चौथो र पाँचौ तलामा आगलागि भएको जनाइएको छ । आगलागीका कारण उत्पादित खोप भने...

७ माघ सुडानको डार्फर क्षेत्र जातीय विवादका कारण तनावग्रस्त बनेको थियो । तर अहिले उक्त क्षेत्रलाई शान्त पारिएको सुडान सरकारले जनाएको छ । करिब तीन दिन चलेको जातीय हिंसाका कारण कम्तिमा १५५ व्यक्तिको मृत्यु भएको छ भने हजारौँ नागरिक विस्थापित बनेका छन् । डार्फरमा दशौं हजार नागरिक विवादपछि त्रासले विस्थापित भएको एक आदिवासी नेता तथा क्षेत्रीय अधिकारी मोहम्मद अबदल्ला अल डुमाले बताउनुभयो ।संयुक्त राष्ट्र संघ र अफ्रिकी संघले पठाएको शान्ति...

माघ ७, बुधबबार देखि भारतबाट कोरोना बिरुद्धको खोप नेपाल ल्याउने कार्य सुरु भएको छ । भारतीय विदेश मन्त्रालयले बुधबार देखि नेपालसहितका छिमेकी देशहरुलाई कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध गराउने बताएको छ । मन्त्रालयले विज्ञप्ती जारी गर्दै नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्समा खोप आपूर्ति शुरु हुने उल्लेख छ । प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ट्वीटमार्फत बुधबारदेखि नै खोप वितरण सुरु हुने लेखेका छन् । मन्त्रालयले अनुदानमा खोप वितरण गर्ने बताए पनि...