अमेरिकाको ५० राज्यमा कोरोना भाइरस

चैत ५ , काठमाडौँ विश्वकै शक्तिशाली राष्ट्र अमेरिका पनि अहिले कोरोनाले जटिल मोडमा पुगेको छ । अमेरिकाको ५० राज्यमा नै कोरना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार भर्जिनिया राज्यले पहिलो संक्रमण पुष्टि गरेपछि अमेरिकाका सबै राज्यमा कोरोना भाइरसको संक्रमणबाट प्रभावित बनेका छन्। हालसम्म अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का ६ हजार संक्रमण पुष्टि भइसकेका छन् भने १०५ जनाको ज्यान गइसकेको छ। ...

कोरोनाभाइरसका कारण भारतमा ३ जनाको मृत्यु

चैत ४ ,मुम्बइ कोरोनाभाइरसका कारण भारतमा तीन जनाको मृत्यु भएको छ । महाराष्ट्रको कस्तुरबा अस्पतालमा कोरोनाभाइरस (कोभिड–१९)बाट एक ६४ वर्षीय बृद्धको मृत्यु भएको छ । कोरोनाभाइरसको सवैभन्दा बढी संक्रमित महाराष्ट्रमा देखिएका छन् । महाराष्ट्रमा हालसम्म ३९ केसहरु बाहिर आएका छन् । जसमध्ये तीनजना विदेशी नागरिक रहेको भारतीय संचार माध्यमले जनाएका छन् । भारतमा हालसम्म १२९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । हालसम्म भारतमा कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ ।...

अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण शुरु

चैत ४ , अमेरिका अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण शुरु भएको छ । एसोसिएटेड प्रेसका अनुसार सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई उक्त खोप दिइएको हो । खोपमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तयार गरिएको हो । यसले कोभिड–१९ रोग भने लाग्दैन । यद्यपि, यो खोप र परीक्षणमा रहेका अन्य खोपले काम गर्छ वा गर्दैन भनेर निश्चित हुन...

कोरोनाको संक्रमणबाट मेयरको मृत्यु

चैत ३ , रोम उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु भएकोे छ । इटालीका सञ्चारमाध्यमका अनुसार मेयर भ्यालोटीको शुक्रबार मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि ७० वर्षीय मेयर भ्यालोटीलाई मार्च ७ मा अस्पताल भर्ना गरिएको थियो । फोक्सोमा अत्याधिक संक्रमणका कारण शुक्रबार उनको मृत्यु भएको इटालीका सञ्चारमाध्यमले जनाएका छन्। चेने कोभिड–१९ प्रभावित इटालीको लम्बर्डी क्षेत्रमा पर्दछ । यसैबीच इटालीमा कोभिड– १९ को संक्रमणबाट मृत्यु...

कोरोना संक्रमित नेपालीलाई युएईबाट स्वदेश फर्काउन छलफल

चैत ३, यूएई । यूएईमा कारोना भाइरसको संक्रमण देखिएका २ नेपालीलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे दूतावासले छलफल थालेको छ । कारोना संक्रमण देखिएका २ नेपालीको यूएईस्थित सरकारी निकायले उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धितालले अनलाइनखबरलाई जानकारी दिइन् । दूतावासले ती कोरोना संक्रमित नेपालीको अवस्थाबारे त्यहाँको स्वास्थ्य र परराष्ट्र मन्त्रालयमार्फत बुझिरहेको उनले बताइन् । कोरोना संक्रमित २ नेपालीलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे पनि छलफल...

इटली, स्पेन र फ्रान्समा एकैदिन ५ सय १ जनाको मृत्यु

चैत ३ , काठमाडौं चीनपछि युरोपमा महामारीको रूप लिइरहेको कोरोना भाइरसले युरोपेली युनियनमा आबद्ध इटली, स्पेन र फ्रान्समा एकैदिन ५ सय १ मानिसको ज्यान गएको छ । उच्च सतर्कताकै बीच इटली, स्पेन र फ्रान्समा कोरोनाले एकैदिनमा भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो । बीबीसीका अनुसार, इटलीमा आइतबार ३ सय ६८ कोरोना संक्रमतिको ज्यान गएको छ । योसँगै इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९ पुगेको छ ।...

युरोपमा कोरोनाको महामारी

चैत ३ , एजेन्सी कोरोनाभाइरसको संक्रमणबाट युरोपका तीन देशहरुमा एकै दिन ज्यान गुमाउनेहरुको सङ्ख्या अहिलेसम्म कै उच्च देखिएको छ । इटालीमा एकै दिन ३६८ जनाले ज्यान गुमाउँदै कूल सङ्ख्या १ हजार ८०९ पुग्यो, स्पेनमा थप ९८ जनाले ज्यान गुमाउँदै कूल सङ्ख्या २८८ पुगेको छ भने फ्रान्समा २९ जनाले ज्यान गुमाउँदा कूल सङ्ख्या १२० पुगेको छ । बेलायतमा पनि एकै दिन सबैभन्दा बढी १४ जनाले ज्यान गुमाउँदा त्यहाँ पनि मर्नेको सङ्ख्या...

स्पेनका प्रधानमन्त्री र उनको श्रीमतीमा कोरोना भाइरसको संक्रमण

चैत २ , काठमाडौँ स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज पत्नी मारिया बेगोना गोमेज फेर्नान्देमा पनि कोरोना भाइरसको संक्रमण भएको देखिएको छ । सरकारले सार्वजनिक गरेको रिपोर्टका अनुसार स्वास्थ्य अधिकारीहरुले स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भाइरस फेला परेको हो। कोरोना भाइरस देखिए पनि उनी खतरामुक्त रहेका अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्पेनिस सराकारले मन्त्रिपपरिषद्का सबै सदस्यको स्वास्थ्य परीक्षण गराएको थियो। त्यसक्रममा दुई मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियासमा संक्रमण भेटिएको थियो। युरोपमा इटालीपछि स्पेन...

कोरोना भाइरसको परीक्षण गराउँदै ट्रम्प

चैत १ , एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको परीक्षण आफूले गर्ने बताएका छन् । तर उनले आफूमा कोरोना भाइरसको संक्रमणपछि हुने कुनै लक्षण नदेखिएको दाबी गरेका छन् । ट्रम्पले शुक्रबार भने, ‘म यस्तो भनिरहेको छैन कि परीक्षण गराउँदैन, तर परीक्षण गराउने सम्भावना अधिक छ ।’ अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्ससँग केही दिन अघि भेट गरेका ब्राजिलका एक सरकारी अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको थियो ।...

इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु

चैत १, काठमाडौं । युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस संक्रमण सुरु भएको चीनपछि इटलीमा डरलाग्दो स्थिति छ । हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । संक्रमितको संख्या १७ हजार ६ सय...