थारु र मधेसीको एजेण्डा मिल्दैन, कसरी गठबन्धन हुन्छ ?

१० असोज, काठमाडौं । एमाओवादी नेतासमेत रहेका पूर्वसभासद सन्तोष थारु यतिबेला थरुहट तथा थारु संघर्ष समितिमा छन् । अधिकारका लागि आन्दोलन गरिरहेका थारु र मधेसी मोर्चावीच गठबन्धनको चर्चा यतिबेला जोडतोडका साथ चलिरहे पनि थार मोर्चाभित्र यसबारे एक मत हुन सकेको छैन । यसै सन्दर्भमा अनलाइनखबरसँग गरेको कुराकानीका क्रममा युवा नेता सन्तोषले एक मधेस प्रदेश माग गरिरहेको मधेसी मोर्चासँग थारुहरुको एजेण्डा नै नमिल्ने बताए । थारु नेताहरु त भारतीय राजदूतलाई भेट्न लैनचौर...