नारायणगढबाट पोखराका लागि छुटेकोे यात्रुवाहक बस ठूलो दुर्घटनाबाट बच्यो

चितवन, असोज ३ नारायणगढबाट पोखराका लागि छुटेकोे लु २ ख ७७९ नम्बरको यात्रुवाहक बस ठूलो दुर्घटनाबाट बचेको छ । नारायणगढ मुग्लिन सडकखण्डको भोर्ले पुलमा दुर्घटना हुँदा पुलको रेलिङले बस नदीमा खस्नबाट रोकेपछि ठुलो दुर्घटना टरेको हो । तीब्र गतिमा बस चलाएका कारणले दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । दुर्घटनाबाट कुनै मानवीय क्षति भएको छैन । बसले पुलको रेलिङको भाग भाँचेर अगाडिको भाग पुल बाहिर निस्किएको जुगेडीका ट्राफिक प्रहरी हवलदार बाबुराम...

चितवन र नवलपुरमा अत्यधिक देखिएको डेङ्गु रोगको सङ्क्रमण घट्दो

चितवन, असोज ३ भदौको तेस्रो र चौथो साता अत्यधिक देखिएको डेङ्गु रोगको सङ्क्रमण घटेको छ । साउन पहिलो साताबाट क्रमशः बढ्दै गएको डेङ्गु रोगको सङ्क्रमण पछिल्लो एक साता दैनिक रुपमा घट्दै आएको चिकित्सकले जनाएका छन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत भदौ २२ गते एकै दिन एक हजार ९२२ जना बहिरंग सेवामा आएकामध्ये ९०० मेडिकल विभागमा रहेकामा धेरैलाई डेङ्गु सङ्क्रमण देखिएको पौडेलले बताए । सोही दिन अघिल्ला...

दलदलेको जितीयामा आफनो लोक संस्कृती झल्काउने नृत्यहरु प्रस्तुत

देबचुली, असोज ३  शुक्रबार थारु महिला दिदी बहिनीहरुको महान पर्व जितीयाको उपलक्ष्यमा क्षेत्रीय स्तरीय प्रथम जितीया विशेष कार्यक्रम भएको छ । कार्यक्रम देवचुली १३ दलदले कुमारीवत्र्ती जखडी मन्दिरमा भएको हो । थारु कल्याणकारी सभा एवं थारु महिला सभा देवचुली नगर कार्य समिती नवलपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । “थारु भाषा संस्कृती तराई भुगोलको पहिचान झापा देखि कैलाली कन्चनपुर सम्मको थारु संस्कृति जोगाउने हाम्रो अभियान” मुल नाराको साथ कार्यक्रम भएको...

प्रथम अन्तर्रा्ष्ट्रिय आमन्त्रण चितवन भेटेरानकप भोली देखी

चितवन, असोज ३  चितवन भेटेरान फुटबल क्लबको आयोजनामाभोली ९शनिबार० देखीचितवनको ईतिहासमै पहिलो पटक ‘प्रथमअन्तर्रा्ष्ट्रिय आमन्त्रण चितवन भेटेरानकप २०७६’ शुरु हुँदैछ । भोलीबाट शुरु हुने प्रतियोगिताको भरतपुर महानगरपालिकाप्रमुख रेणु दाहालले बिहान७ बजे उद्घाटन गर्ने आयोजकचितवन भेटेरान फुटबल क्लबकाअध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए । यस अघी गतअसोज २ गतेबाट शुरु हुने भनिएको प्रतियोगितालगातरको बर्षाको कारण २ दिन पछी सरेको हो । बर्षाको कारण मैदानहिलाम्यभएकोले प्रतियोगिता २ दिन पछी सार्न परेको अध्यक्षश्रेष्ठले जानकारी दिए...

संविधान दिवसको अवसरमा नवलपुर जिल्ला अस्पताल परीसरमा वृक्षारोपण

सागर पोख्रेल कावासोती, असोज ३ संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज पुर्वी नवलपरासीको सदरममा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा विविध कार्यक्रम गरी संविधान दिवस मनाईएको छ । दिवसका अवसरमा शुक्रबार संविधान दिवस मूल समारोह समिति नवलपुरले मध्यविन्दु जिल्ला अस्पतालमा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै संसवधान सभा सदस्य समेत रहनुभएका गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले यो दिन नेपाल र हामी...

आफ्नो कला संस्कृति संरक्षणका लागि नयाँ पुस्ता जुरमुराउनुपर्ने

चितवन, असोज २ आफ्नो कला संस्कृति संरक्षणका लागि नयाँ पुस्ता जुरमुराउनुपर्ने एककार्यक्रमका सहभागीहरुले बताएका छन् । पूर्वी चितवनको रत्ननगर ४ देवौलीमा आयोजना गरिएको जितिया विशेष कार्यक्रममा बोल्नेहरुले यस्तो बताएका हुन । प्रदेश सांसद कृष्ण खनालले नयाँ पुस्ता अग्रसर नभए सम्म संस्कृति संरक्षणमा चुनौती नै रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद खनालले संस्कृति राष्ट्रको गहना भएकाले संरक्षणमा सरकारले समेत चासो दिने बताउनुभयो । थारु संस्कृतिलाई लोप हुन नदिन...

चितवनबाट विदेश जानको लागि राहदानी लिनेको संख्या घट्दो

चितवन, असोज २ विगत चार वर्ष यता चितवनबाट विदेश जानेको संख्यामा गिरावट आएको छ । जिल्ला प्रशासन कार्यालयको विगत चार वर्षअघि देखिको राहदानी लिनेको संख्यालाई हेर्दा यस्तो पाइएको हो । वैदेशिक प्रयोजनको लागि राहदानी लिइने भएकोले आर्थिक वर्ष २०७२÷७३ भन्दा गत आर्थिक वर्ष २०७५÷७६ मा वार्षिक झण्डै चार हजारको संख्यामा राहदानी लिने कम रहेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक गरेको वार्षिक प्रगति विवरण अनुसार आर्थिक वर्ष २०७२ मा १७...

सिएमसीका सञ्चालकलाई जेल हाल्न अभिभावको माग

चितवन, असोज २ चितवन मेडिकल कलेजमा आन्दोलनरत बिद्यार्थी, तिनिहरुका अभिभावक र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत बिच जिल्ला प्रशासन कार्यालय चितवनमा छलफल भएको छ । चितवन मेडिकल कलेजले मेडिकल शिक्षाका नाममा अबैद्ध रुपमा लाखौ रुपया असुलि गरी मेडिकल शिक्षाका नाममा लुट मच्चाउने काम गरेको भन्दै बिगत १८ दिन देखि मेडिकल कलेजका २६ संकायका २००० बिद्यार्थी निरन्तर आन्दोलनमा छन् । आन्दोलन भएको झण्डै तिन हप्ता बित्न लाग्दा ढिलै भएपनि प्रमुख जिल्ला...

चितवनका निजी मेडिकल कलेजमा आज बहिरङ्ग सेवा निःशुल्क

चितवन, असोज २ संविधान दिवसका अवसरमा यहाँका निजी मेडिकल कलेजले पनि आज बहिरङ्ग सेवा निःशुल्क गरेका छन् । सरकारले सबै सरकारी अस्पतालमा आज एक दिनका लागि बहिरङ्ग सेवा निःशुल्क गर्ने घोषणा गरेको थियो । जिल्लामा रहेका चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले पनि बहिरङ्ग सेवा निःशुल्क गरेका हुन् । चितवन मेडिकल कलेजका व्यवस्थापक पारस अधिकारीले बहिरङ्गका विशेष र सामान्य दुवै सेवा निःशुल्क गरिएको बताउनुभयो । सामान्यमा रु २५...

रत्ननगरमा ३० जना अपाङ्गता विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

चितवन, असोज २ बिहिबार १९ औं बौद्धिक अपाङ्गता दिवसको अवसरमा रत्ननगर स्तरीय अपाङ्ग समन्वय समितीको आयोजनामा ३० जना अपाङ्गता विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बौद्धिक अपाङ्गता भएका व्यक्तीहरुको आवश्यकता सशक्तीकरण तथा पुर्ण सहभागीता भने कार्यक्रमको मुल नारा रहेको थियो । नेपाल माध्यमिक विद्यालयको भवनमा भएको उक्त कार्यक्रममा विद्यालयममा अध्यानरत ३० जना अपाङ्गगता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो । लायन्स क्लब अफ रत्ननगर शान्तिचोक र लियो क्लब अफ...