झण्डा फहराउदै निर्माण सामाग्रि लिएर ५० ट्रिपर गैँडाकोट आइपुग्दा, ( तस्वीरहरु )

झण्डा फहराउदै निर्माण सामाग्रि लिएर ५० ट्रिपर गैँडाकोट आइपुग्दा, ( तस्वीरहरु ) ( तस्वीरहरु ) अन्जु श्रेष्ठ ...

चितवनमा म्याजिक दुर्घटना हुदा २ को मृत्यु, ३ जना गम्भिर ।

चितवन, २९ चैत । भरतपुर–१९ रामपुरमा म्याजिक दुर्घटना हुदा २ को मृत्यु भएको छ । आइतबार बिहान भएको हो । दुर्घटनामा ७ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भिर रहेको चितवन प्रहरीले जानकारी दिएको छ । भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक अनियन्त्रित भइ सडकबाट कल्बर्डमा खसेको थियो । दुर्घटनामा कास्की रुपा गाउँपालिका–१ बस्ने ४५ वर्षीय सूर्य खाती र भरतपुर महानगरपालिका–४ बस्ने ५० वर्षीय...

चितवनमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन, २६ चैत्र । चितवन, खैरहनी नगरपालिका–१ ज्यामिरेचोकस्थित सडकमा आज बिहान ट्रिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । ना.८ ख ५८७५ नम्बरको टिपरले ना.५१ प ९६०३ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका–१ बस्ने ५५ वर्षीय दिल कुमार थापा मगरको घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रण लिएर थप कारवाहि अगाडि बढाईएको चितवन प्रहरीले जानकारी दिएको छ । ...

गैँडाकोटमा बुधवार योग सत्सगं हुदै

गैँडाकोट, २४ चैँत्र । गैँडाकोटमा बुधवार योग सत्सगं कार्यक्रम हुने भएको छ । पतन्जली योग समिति हरिद्धारबाट आउनु भएकि साध्वी र पतन्जली योग समिति नेपालका केन्द्रिय   प्रभारी लवदेब मिश्रको उपस्थीतिमा बृहत योग प्रबचन कार्यक्रम हुन लागेको गैँडाकोट ५ का योग शिक्षक गिता तिवारीले जानकारी दिनु भयो । कार्यक्रम फेमिली क्याफे गैँडाकोट ४ मा विहान १०. ३० बजेबाट सुरु हुने तिवारीले बताउनु भएको छ । कार्यक्रममा गैँडाकोट नगरपालिकाका जो कोहि पनि...

डढेलो नियन्त्रण गर्न अग्नि रेखा बनाउदै सामुदायिक वन

गैँडाकोट, २३ चैत्र । गैँडाकोटका १८ वटा सामुदायिक वनमा डडेलो लागेको छ । गैँडाकोट नगरपालिका भित्र रहेका २१ वटा सामुदायिक वन मध्ये हाल १८ बटा सामुदायिक वनमा आगलागी भएको सव डिभिजन वन कार्यलय गैँडाकोटका प्रमुख सूर्यसिङ गुरुङले बताउनुभयो । केहिमा आंशिक, केहिमा बढि त केहि सामुदायिक वनमा डडेलो नियन्त्रणमा आइसकेको गुरुङले मुकुन्दसेन टेलिभिजनलाई जानकारी दिनु भयो । गँैडाकोट ३ मा रहेको हर्दि केलादि सामुदायिक वन र कालिगण्डकि सामुदायिक वनमा बढि...

बर्दियामा बाघको आक्रमणबाट गैँडा गणकको मृत्यु, आक्रमण गर्ने पाटेबाघ समातियो ।

बर्दिया, २३ चैत्र बर्दिया राष्ट्रिय निकुञ्जभित्र आइतवार बेलुका गैँडा गणनामा खटिएका हात्तीका माहुतेलाई मार्ने पाटेबाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले निकुञ्जभित्र पर्ने गैँडा मचान क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । योसँगै बर्दियाबाट पाँच वटा पाटेबाघ नियन्त्रणमा लिइएको छ । भुरिगाउँ क्षेत्रबाट नियन्त्रणमा लिइएको बुढो पाटेबाघ उपचारका क्रममा मरेको थियो । यस्तै नियन्त्रणमा लिइएको...

एसिड किन्न अब गृह मन्त्रालयमा निवेदन दिनुपर्ने

काठमाण्डौ, २२ चैत्र । एसिड आक्रमणका घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले सरकारले यसको खरिद विक्रीमा कडाइ गरेको छ । अब कुनै पनि उद्योग–व्यवसायीले गृह मन्त्रालयबाट अनुमति लिएर मात्रै एसिड खरिद गर्न सक्नेछन् ।मन्त्रालयले आज एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । सूचनाअनुसार कानून बमोजिम दर्ता भएको वा इजाजत प्राप्त गरेको कुनै उद्योगलाई औद्योगिक प्रयोजनको लागि एसिड वा अन्य घातक रासायनिक पदार्थ आवश्यक पर्ने भएमा मन्त्रालयमा विधीपूर्वक निवदेन दिनुपर्ने छ ।यसअघि...

राष्ट्रिय अर्थनितीलाई अगाडि बढाउन सहकारीको भुमिका महत्वपूर्ण, नगर प्रमुख पौडेल ।

गैँडाकोट, २२ चैत्र । गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले राष्ट्रिय अर्थनितीलाई अगाडि बढाउन सहकारीहरुले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनु भएको छ । सुखि नेपाली समृद्ध नेपाल अभियान सफल बनाउनका लागी सहकारीले मद्धत समेत गरिरहेको पौडेलले बताउनु भयो । आइतबार गैँडाकोट ५ मा रहेको परिवर्तन बचत तथा क्रण सहकारी सस्थाको १४ औ बार्षिक उत्सवमा बोल्दै नगर प्रमुख पौडेलले सहकारीले उत्पादन मुलक काममा लगानी गरि अत्मनिर्भरता बढाउन जोड दिनु पर्ने बताउनु भएको...

सानै उमेरमा आमाले छोडेर गएपछिको साहारा

आरती सापकोटा, चितवन, २२ चैत  । सानै उमेरमा राजीवलाई आफ्नो आमाले छोडेर गईन् । बुवाको बारेमा भने उनलाई केहि थाछैन । आमाको अकै सँग माया बसेपछि उनकी आमाले उनलाई कोठा भित्र बन्द गरेर नफर्किने गरी छोडेर गएकी थिईन् । ४ दिनसम्म बन्द कोठाभित्र छट्पटाएका उनले न त खाननै पाए न घामको उज्यालो हेर्न नै पाए । घरबेटिले ढोका खोलिदिएपछि उनी बाहिर निक्लिए, त्यतिबेला उनलाई घामको प्रकाश हेर्न निकै अप्ठ्यारो भयो...

राजनीतिले कोल्टे फे¥यो, छिट्टै नयाँ सरकार बन्छ ः प्रचण्ड

काठमाडौं २१ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने दाबी गर्नु भएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेसँगै देशको राजनीतिले कोल्टे फेरेको प्रचण्डको भनाई छ । शनिबार कपिलवस्तुमा आयोजित जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले भन्नु भयो ‘सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ, नयाँ परिस्थिति बन्नेछ ।’ प्रचण्डले नयाँ सरकार...