दश वर्षीय बालिकाको आगलागीबाट मृत्यु

भीमदत्तनगर, माघ २४ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा आज गोठमा आगलागी हुँदा दश वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । घर नजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसामा आगलागी हुँदा दश वर्षीया श्रृष्टि ऐरको मृत्यु भएको अस्थायी प्रहरीचौकी बन्साहका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए । घटनास्थल पुगेको प्रहरी टोलीले विस्तृत अनुसन्धान गरिरहेको बताउँदै आगलागीको कारण खुल्न नसकेको जनाएको छ । “गोठमा बालिका गएको थाहा नै नपाएको जस्तो देखिन्छ”, प्रहरी सहायक...

कोरोनाभाइरसले नेपाल भ्रमण वर्ष २०२० लाई पार्यो असर

माघ २२ ,काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनबाट फैलिएको कोरोनाभाइरसले नेपाल भ्रमण वर्ष २०२० लाई थोरै अस पुर्याएको बताएका छन् । बुधबार पोखरामा विश्व शान्ति समारोह उद्घघाटन गर्दै प्रचण्डले भने,‘हामी नेपाल भ्रमण वर्षमा छौं । चीनमा देखिएको कोरोनाभाइरसले थोरै ठेस लागेको छ । तर यो छिट्टै नियन्त्रण हुन्छ ।’ उनले नेपालमा अहिले कोरोना संक्रमित नदेखिएकाले डराउनुपर्ने अवस्था नरहेको पनि बताए । उनले नेपालमा कोरोनाभाइरस संक्रमित प्रमाणित रूपमा अहिलेसम्म...

नवलपुरमा दुई वर्षभित्र फलाम उत्पादनको काम सुरु हुने

माघ २२ , कावासोती उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलगायतको टोलीले मङ्गलबार पूर्वी नवलपरासीको हुप्सेकोट–५ मा रहेको देशकै सबैभन्दा ठूलो धौबादी फलाम खानी क्षेत्रको अवलोकन गरेको छ । सो अवसरमा मन्त्री भट्टले फलाम खानीले देशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुईदेखि साढे दुई वर्ष्भित्र फलाम उत्पादनको काम शुरु गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । टोलीमा मन्त्रालयका सचिब यामकुमारी खतिवडा, उद्योग मन्त्रालयका सहसचिव एवं धौबादी फलाम कम्पनीका अध्यक्ष...

नेपाली कला संस्कृतिको प्रचारप्रसारमा गैँडाकोट महोत्सव

माघ २२ , नवलपुर गैँडाकोट २ स्थित नारायणी नदीकिनारमा जारी तेस्रो गैँडाकोट महोत्सवमा विदेशी संस्कृति र कलाकारहरुको प्रस्तुतिलाई प्रोत्साहन गरिएको भनि विभिन्न आलोचना हुन थालेको छ । उद्योग वाणिज्य संघ–गैँडाकोटको आयोजनामा माघ १५ गतेदेखि सुरु भएको महोत्सवमा दैनिक स्थानीय , राष्ट्रिय र चार जना रसियन कलाकारहरुले प्रस्तुति दिने गरेका छन् । पर्यटन वर्ष २०२० लाई सफल पार्ने सहयोग पु¥याउने उद्धेश्य सहित दर्शकहरुलाई फरकपनको आभास दिलाउन रसियन कलाकारहरुले प्रस्तुती दिने गरेको...

कोटिहोम महायज्ञमा बिचल्ली भएका वटुकहरु घर फर्किए , भक्तिपथ फाउण्डेशनले गर्यो सहयोग

माघ २२ , चितवन कोटिहोम महायज्ञका लागि हवन गर्न आएका वटुकहरु स सम्मान आफनो निवास फर्किएका छन् । महायज्ञमा अएका बटुकहरुसंग फर्कनका लागि भाडा नभएको खबर पाएपछि भक्तिपथ फाउण्डेशनले २० जना वटुकहरुलाई स सम्मान फर्कन सहयोग गरेको छ । फाउण्डेशनले वटुकहरुलाई टिकट ,बाटो खर्चको व्यवस्था गरी पठाएको भक्तिपथ फाउण्डेशनका अध्यक्ष शीतलकृष्ण जी महाराजले बताउनुभएको छ । एक महिना सम्म नारायणी नदी किनारमा संचालन गरिने भनिएको महायज्ञ पाँच दिन सम्म पनि...

कावासोती नगरपालिकाले मध्यवर्ती वहुमुखी क्याम्पस गोछडाको चार कोठे भवन निर्माण गरिदिने

कावासोती मध्यवर्ती वहुमुखी क्याम्पस कावासोती १७ गोछडामा जारी धनधान्याञ्चल ज्ञान महा यज्ञको सातौ दिन सम्म ४ करोड वरावरको नगद संकलन भएको छ । गुणस्तरीय प्राविधिक शिक्षालाई प्रभावकारी वनाउनका लागि गत शनिवार देखि सुरु भएको धनधान्याञ्चल ज्ञान महायज्ञको सातौ दिन सम्म ४ करोड वरावरको रकम संकलन भएको धनधान्याञ्चल मुल आयोजक समितीका संयोजक पुष्परत्न महत्तोले जानकारी दिनु भयो । त्यसैगरी कावासोती नगरपालिकाले सुविधा सम्पन्न ४ कोठे भवन निर्माण गरिदिने भएको छ ।...

स्मल हेभन मोडेल स्कुलमा अन्तर विद्यालय निबन्ध प्रतियोगीता, प्रतियोगीता जित्नेलाई साईकल उपहार

माघ १४ , स्मल हेभन मोडेल स्कुलमा भोली अन्तर विद्यालय निबन्ध प्रतियोगीता हुने भएको छ । स्कुलमा सक्रिय रहेको इन्ट्रयाक्ट क्लव अफ स्मल हेभन मोडेल स्कुल र स्मल हेभन मोडेल स्कुल साइकिलिङ क्लवको संयुक्त आयोजनामा निबन्ध प्रतियोगीता हुन लागेको हो । स्कुलका प्रचार्य बिमल कुमार क्षेत्रीका अनुसार प्रतियोगीतामा भरतपुर महानगरपालिका भित्रका विभिन्न विद्यालयका ३५ जना बढि विद्यार्थी सहभागी हुनेछन् । विद्यार्थीहरुले नेपाल भ्रमण वर्षमा मेरो भुमिका, वातावरण संरक्षणमा विद्यार्थीहरुको भुमिका,...

कोटिहोम महायज्ञस्थलमा छैनन प्रमुख वाचक स्वामी बालयोज्ञश्वर

माघ १३ , चितवन सोमबार नारायणी नदी किनारमा आयोजना भएको एक महिने कोटिहोम महायज्ञमा प्रमुख वाचक देखा परेका छैनन । आफूलाई स्वामी बालयोगेश्वर महाराज बताउने विजय भण्डारीको सकृयतामा नारायणी नदी किनारामा ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोहत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’ गरिएको हो । उनको ठगी धन्दा बारेको समाचार कान्तिपुर दैनिकले मूख्य पृष्ठमा प्रकाशन गरेपछि महायज्ञ विवादमा परेको हो ।...

 नवलपुरको दुई स्थानमा गएराति एनसेल टावरमा आगजनी

माघ १३ , नवलपुर । पूर्वी नवलपरासीको दुई स्थानमा गएराति एनसेल टावरमा आगजनी भएको छ । प्रहरीका अनुसार पूर्वी नवलपरासीको बुंदीकाली २ कोटथर, कावासोती नगरपालिका १७ बभनौली गरी दुई स्थानमा एनसेल टावरमा आगजनी भएको हो । आगो विप्लव नेतृत्वको नेकपाले लगाएको हुन सक्ने आशंका गरिएको छ तथापि घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । आगलागीबाट टावर जलेर नष्ट भएको बताइए पनि क्षतिको यकिन विवरण आएको छैन । कावासोती १७ बभनौलीमा रहेको एनसेल टावरमा लागेको...

छैठौ नवलपुर महोत्सवमा हास्य व्याङ्गात्कम कलाकार मनोजको प्रस्तुतीले दर्शकले पेटमिचे

माघ १२ ,कावासोती छैठौ नवलपुर महोत्सवको तेस्रो सास्कृतिक कार्यक्रममा हास्य व्याङ्गात्कम कलाकार मनोजको प्रस्तुतीले दर्शकले हासो थाम्नै सकेन्न । व्याग्यात्मक प्रस्तुतीमा खप्पिस गजुरेलले विभिन्न देशका राष्ट्र प्रमुख देखी नेपालका विभिन्न दलका क्यारीकेचर गरी दर्शकलाई मनोरन्जन दिएका थिए । अमेरीककी राष्ट्रपति रोनाड ट्रम्प , चिनिया राष्ट्रपती सि जीङ्ग पी, पाकिस्तानका प्रधानमन्त्री इम्रहन खान , नेपालका प्रधानमन्त्री के.पि. ओली, नेकपा नेता पुष्प कमल दाहाल प्रचण्ड, नेपाली काग्रेसका सभापती शेर बहादुर देउवाको क्यारीकेचर गरी...