सरकारले आगामी वर्ष २०७६ सालमा थप १५ जातीय र धार्मिक पर्वमा सार्वजनिक विदा दिने प्रस्ताव

१९ पुस,काठमाडौं । सरकारले आगामी वर्ष २०७६ सालमा थप १५ वटा जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै सार्वजनिक विदा दिने प्रस्ताव गरेको छ । आदिवासी जनजाति महासंघलगायत बिभिन्न संघ संस्थाले जातीय समुदायका चाडपर्वमा सार्वजनिक बिदा नदिइएकोमा आन्दोलन गर्दै आएका थिए । बिभिन्न जातीय तथा धार्मिक संघ संस्थाहरुको माग बमोजिम संघीय सरकारले २०७६ सालका लागि थप गरिने सार्वजनिक विदाहरुको प्रस्तावित विवरण तयार पारेको छ । गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन...

प्रधानमन्त्री र राजपा अध्यक्ष मण्डलबीच छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरुबीच भेटवार्ता भएको छ । राजपा अध्यक्ष मण्डलका सदस्यहरु प्रधानमन्त्रीलाई भेट्न मंगलबार दिउँसो प्रधानमन्त्रीको निवास वालुवाटार पुगेका हुन् । संविधान संशोधनलगायतमा माग पूरा गर्ने शर्तमा सरकारलाई समर्थन गरेको राजपाले आफूहरुको माग पूरा नभएको भन्दै समर्थन फिर्ता लिनेसमेत चेतावनी दिएको छ । ...

प्रधानमन्त्री ओलीलाई एक लाख डलरको पुरस्कार, नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा

काठमाडौं – युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । आइतबार सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८, को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशी एक लाख डलर छ । कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा...

प्रहरीको १०० मा अब एसएमएस पनि

काठमाडौँ — नेपाल प्रहरीलाई १०० नम्बरमा एसएमएस गरी घटना र अपराधको जानकारी दिन सकिने भएको छ । प्रहरीले आइतबारदेखि ‘एसएमएस सेवा’ थालेको हो । यो सेवाले अपराध नियन्त्रणका लागि सूचना लिन सहज हुने विश्वास प्रहरीले व्यक्त गरेको छ । निमित्त महानिरीक्षक पुस्कर कार्कीले १३औं महानगरीय प्रहरी दिवसका अवसर पारेर सेवाको सुरुवात गरे ।प्रहरीले टोल फ्री नम्बर १०० मा एसएसएस पठाउँदा शुल्क लाग्ने छैन ।...

अस्पतालले विज्ञप्ति जारी गर्दै भन्यो– प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार (विज्ञप्ती सहित)

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको पनि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ। केहीबेरअघि विज्ञप्ति जारी गर्दै अस्पतालका कार्यकारी निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिएका हुन्। बिहान ४स्३० बजे प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको थियो। उनको स्वास्थ्य अवस्था बुझ्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु अस्पताल पुगेका छन्। शनिबारदेखि...

आज दशैंको अन्तिम दिन, महालक्ष्मीको पूजा आराधना

७ कात्तिक, काठमाडौं । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई...

२०७७ सम्ममा नेपालीको सरदर आयु ७३ वर्ष पुर्याउने सरकारी लक्ष्य

नेपालीको सरदर आयु विसं २०७७ सम्म ७३ वर्ष पु¥याउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण तय गरिएको छ । प्रतिवेदनमा विसं २०७३ मा आयु ६९ वर्ष रहेको जनाइएको छ । पछिल्लो समय नवजातशिशु, बालस्वास्थ्य तथा मातृस्वास्थ्यका क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेका कारण आयुमा वृद्धि भएको बताइएको छ । साथै नसर्ने रोग मुटु, मिर्गौला, अर्बुदरोगलगायत रोग...

नारायणी नदिमा पानि जहाज चलाउने बिषयले ब्यापक्ता पायो, यो बिषयमा सरकार गम्भिर बन्न जरुरी

पछिल्लो समय नारायणी नदिमा पानि जहाज चलाउने बिषयले ब्यापक्ता पाएको छ । भारतको कोलकत्ता बन्दरगाह हुँदै नारायणी नदीको जलयात्रा सुरु हुने नेताहरुले बताईनै रहेका छन् । नेपालमा पानीजहाज चल्ने प्रधानमन्त्री केपी ओलीले बारम्बार भनिरहँदा परराष्ट्र मन्त्रालयले पनि त्यसका लागी गृहकार्य गरीरहेको प्रराष्ट्र मन्त्रीले गर्ने भाषणका क्रममा पनि सुनिने गरेको छ । भारतको कोलकत्ता बन्दरगाह हुँदै नारायणी नदीसम्म जलयात्रा भएमा नारायणगढबाट कोलकत्ता जलयात्रा मार्फत पानी जहाजमा आवतजावत गर्न सकिने मन्त्रीहरु...

दशैंको आठौं दिनः आज महाअष्टमी र कालरात्रि मनाइँदै

असोज ३१ आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञयज्ञादिमा...