
माघ ,५ कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो । पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भए र नभएको खुलेको थिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ पुसमा उनीहरुको नमुना हङकङ प्रयोगशालामा पठाइएको...

माघ ५ झापाको दमकमा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटना पूर्व– पश्चिम राजमार्ग अन्तरगत दमक– ४ तारावारी भन्ने स्थानमा भएको हो। एम्लेबुन्स, अटो, मोटरसाइकल र स्कुटर आपसमा ठोकिँदा सो दुर्घटना भएको हो। यस दुर्घटनामा परी अटो चालक मोरङ उर्लावारी – ४ निवासी ५० वर्षीय देवेन्द्र वुढाथोकी र सोही अटोमा सवार ४२ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको छ। ...

माघ,५ सोलुखुम्बुमा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोलु खोलामा निर्माणाधीन हाइड्रोपावरका लागि सामान ओसारपसार गर्ने बा ४ ख ७९८० नम्बरको टिप्पर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु र एकजना गम्भिर घाइते भएका छन् । आइतबार राति ११ बजेतिर भएको दुर्घटनामा टिप्पर चालक धादिङको थाक्रे गाउँपालिका घर भएका अन्दाजी ३२ वर्षीय कमल मगर, मकवानपुरको बागमती गाउँपालिका–४ का राजकुमार मगर र सप्तरीको सुरुङ्गा नगरपालिका–८ का १९ वर्षीय कृष्णलाल...

४,माघ पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु र सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । जीपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा...

माघ, ३ विकेटकिपर आशिफ शेखले अर्धशतकीय इनिङ्स खेल्दा विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा एपिएफले प्रदेश नं १ लाई १ सय ३५ रनले हराउँदा प्रतियोगितामा विजयी सुरुआत गरेको हो । २ सय ४४ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको प्रदेश नं १ खुलेर ब्याटिङ गर्न सकेन।ै बलियो एपिएफका बलर सामु प्रदेश १ निरिह...

माघ,३ राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी जनता पार्टी (सजपा) बीच एकता भएको लामो समयपछि कर्णाली प्रदेशमा एकीकृत कमिटी घोषणा गरिएको छ । सुर्खेतमा शुक्रबार आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सचिव भक्तबहादुर शाहले साङ्गठनिक एकता घोषणा गरेका छन् । दुई पार्टी एकतापछि पदाधिकारीमा तत्कालीन राजपाका पाँच र समाजवादीका १० सहित १५१ सदस्यीय प्रदेश कमिटी निर्माण गरिएको छ । राजपाले प्रदेश अध्यक्षसहित ४० र समाजवादीले मुख्यसचिवसहित १११ सदस्य पाएका छन्...

माघ ,३ कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण विदेशी पर्यटक आउन छाडेपछि यहाँका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धनमा लागेका छन् । ‘घुमौ सौराहा’ अभियानसँगै व्यवसायीले आएका पर्यटकलाई अधिकतम मनोरञ्जन दिन विभिन्न क्रियाकलाप गरिरहेका छन् । सौराहा पुगेका पर्यटकलाई त्यहाँको पहिचान झल्किने गरी तस्वीर खिच्न ‘सेल्फी प्वाइन्ट’ निर्माण गरिइएको छ साथै राप्ती नदी किनारमा रहेको सनसेट भ्यू रेष्टुरेन्ट परिसरमा सेल्फी प्वाइन्ट स्थापना पनि गरिएको छ । सो सेल्फी प्वाइन्टले त्यहाँ पुग्ने जोसुकैलाई आफ्नोतर्फ...

माघ, २ प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतले अघिल्लो बुधबार राखेको उक्त मुद्दामा थप सुनुवाइ गर्न शुक्रबारका लागि तोकेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वको इजलासले यी मुद्दा हेर्दै छ । इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।संवैधानिक इजलासले तत्काल टुंग्याउनुपर्ने यो विवादलाई दुवै पक्षको धारणा सुनेर आदेश गर्ने मनस्थिति बनाएपछि कम्तीमा तीन दिनको सुनुवाइ...

माघ १ जनकपुर । नेपाल भारतबाट ८४ करोड ६५ लाख रूपैयाँको लागतमा ल्याइएको दुई सेट रेल यही महिनाभित्र सञ्चालनमा आउने भएको छ। नेपाल रेल्वे कम्पनीले माघ अन्तिम साताबाट जनकपुर(जयनगर रेल सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिएको हो। कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले माघ अन्तिमसम्ममा जनकपुर(जयनगर रेल सञ्चालनमा ल्याउने तयारी भएको बताए। उनले भने, “भारतबाट माघ १५ भित्रमा प्राविधिक टोली आउँदै छ। टोली आएपछि सञ्चालनमा आउँछ।” उक्त टोली नेपाल आएपछि असोज २...

पुष, २९ शिखर नगरपालिका– ८ तिलताली नजिक अटो रिक्सा दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन् । सो अटोमा सातजना सवार थिए । दुर्घटनामा शिखर–३ का ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो । घाइते हुनेमा शिखर–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जीत जोरा र १७ वर्षीय नरेश पार्की रहेको जिल्ला प्रहरी कार्यालयले...