पश्चिम नवलपरासीमा भ्रमण वर्षको रौनक

पौष २१ , नवलपरासी बीस लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पश्चिम नवलपरासीमा जिल्लादेखि स्थानीय तहसम्म विभिन्न योजना अघि सारिएको छ । बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने गरी यहाँका सरोकारवालाहरुले भ्रमण वर्ष लक्षित योजनाहरु सञ्चालनका लागि अग्रसरता देखाएका छन् । भ्रमण वर्षको शुभारम्भसँगै जिल्लामा भ्रमण वर्षको रौनक बढेको छ । यहाँका धार्मिक तथा पर्यटकीयस्थलहरुमा पर्यटकीय गतिविधि बढ्नाका साथै आन्तरिक तथा बाह्य पर्यटकको...

सभामुखबारे निर्णय गर्न ओली–प्रचण्ड बालुवाटारमा छलफल

पौष २१ ,काठमाडौँ । सभामुखबारे निर्णय गर्न प्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको छलफलमा ओली र प्रचण्डको अलवा नेकपाका महासचिव विष्णु पौडेल पनि सहभागी छन् । बालुवाटार स्रोतका अनुसार ओली र प्रचण्डबीच सभामुख बाहेक प्रदेश ३ को राजधानी र नामाकरण तथा वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय सदस्य बढाउनुपर्ने भनेर दिएको अभिव्यक्तिका बारेमा समेत...

बेलुकीदेखि देशैभर पानी र हिउँ पर्ने

पौष २० ,काठमाडौं पश्चिमी वायु सक्रिय हुँदा नेपालमा फेरि हिउँदे बर्षा गराउने हावा प्रवेश गरेको छ। पश्चिम क्षेत्रबाट प्रवेश गरेको यो हावाले देशभर बर्षा र उच्चपहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ सोमबार दिउँसोदेखि नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमी क्षेत्रमा देखिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन्। यसको प्रभाव भोली (मङ्गलबार) थप बढेर पश्चिम, मध्य र पूर्वी हिमाली भेगमा बर्षा हुने...

विमानस्थलमा सुनसंगै हिरा पनि समातियो

पौष २० ,काठमाडौँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आइतबार ५०० ग्राम सुन समातिएको छ । भारतीय नागरिक कोताकुथ किजजाकेथिल नौसादको साथबाट प्रहरीले सुन समातेको हो । युएईको सारजाबाट काठमाडौँ आउँदै गरेका नौसादलाई विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले पक्राउ गरेको विमानस्थलका एसएसपी राम कृपाल साहले बताए । यस्तै विमानस्थलबाट २०० ग्राम हिरासहित एकजना पक्राउ परेका छन् । मलेसियाबाट नेपाल आएका भारतीय नागरिक मोहम्मद म्यादिन स्थलीको साथबाट हिरा बरामद भएको प्रहरीले जनाएको छ । भन्सार कटिसकेका...

गृहमन्त्री रामबहादुर थापा चीन प्रस्थान

पौष २० , काठमाडौँ गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन। चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आज बिहान बेइजिङ प्रस्थान गरेका हुन। भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । मन्त्री थापाको टोलीले चीनको साङ्घाई र ल्हासाको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ । उनको टोलीमा...

भरतपुरसम्म रेल ल्याउन डिपिआर सम्झौता

पौष २० , निजगढ मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर सडकखण्डको डिपिआर निर्माणको सम्झौता भएको छ । पन्ध्र महिनाभित्रमा डिपिआर सम्पन्न गर्नेगरी रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरइईसी–एफबीसी जेभीबीच डिपिआर सम्झौता भएको हो । विभागका महानिर्देशक बलराम मिश्रले डिपिआर शुरु गर्नुपूर्व परामर्शदातालाई एक महिनाको मोबिलाइजेशनको समय दिइएको बताउनुभयो । परामर्शदाताले २०७७ वैशाखसम्ममा डिपिआर निर्माण गरी विभागलाई हस्तान्तरण गर्ने सहमति भएको छ । परामर्शदाताले डिपिआरका लागि विदेशी साझेदारका लागि १२ लाख ८५ हजार ४०० अमेरिकी...

नवलपुरको कावासोतीमा १४ मा ३ हजार मेट्रिक टनको चिस्यान केन्द्र बन्दै , माघ ४ गते शिलन्यास गरिदै

कावासोती, पौष १९ प्रवास बाट आर्जित सिप ज्ञान र पुँजी स्वदेशका लागी भन्ने मुल नाराका साथ स्थापित रिटर्नी कृषि तथा पशुपालन समुह कम्पनी लिमिटेडले तिन हजार मेट्रिक टनको चिस्यान केन्द्रको शिलन्यासको तयारी थालेको छ । चिस्यान केन्द्र निमार्णको सबै प्रक्रिया पुरा गरि यहि माघ ४ गते शिलन्यासको साईत जुरेको रिटर्नी कृषि तथा पशुपालन समुह कम्पनी लिमिटेडका अध्यक्ष नेत्र नारायण थनेतले जानकारी दिनु भयो । संघीय सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको...

बीपी कोइरालाको सपना साकार पार्न पनि काँग्रेसको नयाँ नेतृत्व आबश्यक : महामन्त्री डा. शशांक कोइराला

पौष १६, कावासोती नेपाली काँग्रेसमा महामन्त्री तथा संघीय सांसद डा. शशांक कोइरालाले काँग्रेसको नेतृत्वमा अब नयाँ सभापति आउने र त्यो अबको महाधिबेशन मा जसरी पनि परिवर्तन हुने बताउनुभएको छ । संघीय सांसद समेत रहनुभएका काँग्रेस महामन्त्री डा. कोइरालाले अब को महाधिबेशनमा पार्टीको नेतृत्व जसरी पनि परिबर्तन हुन्छ र नयाँ सभापति काँग्रेसले पाउने स्पष्ट पार्नुभएको छ । उहाँले अबको पार्टीको महाधिबेशनले नयाँ नेतृत्वले दिने र त्यसले मात्र काँग्रेस पार्टीलाई बलियो बनाउने र...

“परदेशी २” बाट फिल्ममा डेव्यू गर्दे प्रकाश सपुत

पौष १४ , काठमाडौँ चर्चित लोक गायक प्रकाश सपुतले अब चलचित्र खेल्ने भएका छन्। प्रकाशले नारायण रायमाझीको निर्देशनमा बन्न लागेको चलचित्र ‘परदेशी–२’ मा डेब्यू गर्न लागेका हुन्। २०७२ सालमा ‘परदेशी’ प्रदर्शनमा आएको थियो। त्यसैको सिक्वेलमा अभियन गर्न लागेको प्रकाशले जानकारी दिए। हिरोको रूपमा डेब्यू गर्ने कुरा भइरहेको उनले बताए। “हिरोको रूपमा खेल्ने कुरा भइहेको छ। अहिले नै अफिसियल रूपमा घोषणा भएको छैन। तर, निर्माता तथा निर्देशकसँग कुरा फाइनल भइसकेको छ। यसको आधिकारिक...

पाँच करोड खर्चेर भ्रमण वर्षको उद्धघाटन गरिने

पौष १४ , काठमाडौं । भिजिट नेपाल २०२० उद्घघाटन भव्य हुने भएको छ । जनवरी १ का दिन सरकारले ५ करोड बढी खर्चेर भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गर्न लागेको हो । अधिकतम २० लाख पर्यटक भित्र्याउने गरी तयारी थालेको सरकारले भ्रमण वर्ष उद्घाटन समारोहका लागि मात्र कुल ५ करोड ३ लाख ८५ हजार रुपैयाँ छुट्याएको छ । यसअघि कार्यक्रमका लागि भ्रमण वर्ष २०२० मुल आयोजक समितिले २ करोड रुपैयाँ...