असोज २ देखि प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फूटबल

भरतपुर, भाद्र ३० चितवनमा असोज २ गतेबाट प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फूटबल प्रतियोगिता गरिने भएको छ । भरतपुरको गेष्टहाउस चौरमा गर्न लागिएको प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । आयोजकले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगितामा पहिलो हुनेले कपसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुनेले कपसहित ५० हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउने छ । त्यसैगरी म्यान अफ दी म्याचलाई नगद र...

सन्दीप लामिछाने रहेको टिमको क्यारेवियन क्रिकेटमा दोस्रो हार

३० भदौ, काठमाडौं । किंग्सटनस्थित सविना पार्कमा आइतबार राति भएको खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्ट्सले क्यारेवियन प्रिमियर लिग क्रिकेटमा दोस्रो हार व्यहोरेको छ । जमाइका टल्लावाहससँग बार्बाडोस चार विकेटले पराजित भएको हो । बार्बाडोसले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको जमाइकाले १८.३ ओभरमा ६ विकेटको क्षतिमा भेटायो । बलिङतर्फ सन्दीपले ४ ओभर बलिङ गर्दै एक ओभर मेडनसहित ३५ रन खर्चिएर एक विकेट लिए ।...

रत्ननगरमा राष्ट्रिय ब्याडमिनटन प्रतियोगितामा हुने

चितवन, भदौ २७  चितवनको रत्ननगरमा आगामि असोज ११ गते देखि दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । रत्ननगर ३ मा रहेको पुर्बी चितवन स्पोट्र्स क्लको आयोजनामा हुने प्रतियोगितामा ५० भन्दा बढी जिल्लाका खेलाडीहरुले सहभागिता रहने क्लबका अध्यक्ष केबल न्यौपानेले बताए । रत्नगर ३ मा निर्माण हुन लागेको प्रस्ताबिक कर्बडहल स्थलमा हुने प्रतियोगितामा भेट्रान र खुल्ला गरि दुबै तबरबाट प्रतियोगिता सञ्चालन गरिने छ । क्लबले गत बर्षको प्रतियोगिता सिकाईको रुपमा लिको...

नवलपुरको गैँडाकोट ११ मा मेयर कप बृहत खेलकुद प्रतियोगिता हुने

नवलपुरमा मेयर कप बृहत खेलकुद प्रतियोगिता हुने भएको छ । गैँडाकोट ११ मा रहेको मुकुन्दपुर स्पोर्टस एकेडेमीले सो प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता भाद्र २६ गतेबाट सुरु हुने सोमबार मुकुन्दपुरको कबर्ड हलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको थियो । नेपालीहरुको महान् चाड दशै र तिहारको अवसर पारेर कार्यक्रमको आयोजना गर्न लागिएको मुकुन्दपुर स्पोर्टस एकेडेमीका अध्यक्ष रामुकान्त अर्यालले जानकारी दिनुभयो । खेल २६ गतेबाट सुरु भए पनि औपारिक...

चितवनको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि भीमोदय मा.वि.लाई

चितवन, २४ असार चितवनको भरतपुरमा सञ्चालित ११औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भीमोदय माविले जितेको छ । कालिका नगरपालिकामा रहेको भीमोदय माविले १० वटा स्वर्ण पदकसहित २१ वटा पदक जित्दै पहिलो भएको हो । भीमोदय माविले रनिङ शिल्ड सहित १५ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सो प्रतियोगितामा तेक्वान्दोको खेल खेल्न बाँकी नै रहेको छ । तेक्वान्दोका लागि ६ वटा स्वर्ण पदक रहेका छन्...

राष्ट्रपति रनिङ शिल्डमा जीवन ज्योति मावि ८ स्वर्ण पदक सहित प्रथम

शोभा जिसी नवलपरासी । पूर्वी नवलपरासीको यस बर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जीवन ज्योति माविले ८ स्वर्ण पदक प्राप्त गर्दै प्रथम भएको छ । सोमबार र मंगलबार गरी दुई दिनसम्म गैडाकोटको जनक माविमा चलेको प्रतियोगितामा प्रथम भएको जीवन ज्योति माविले ८ स्वर्ण, एक रजत र २ कास्य पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति नवलपुरका कार्यालय प्रमुख विष्णु श्रेष्ठले बताए । त्यसैगरी मणिसंगम मावि डाँडाजोरले ३ स्वर्ण, ६ रजत र १ कास्य...

मैत्रीपूर्ण फुटबलमा पत्रकार ११ विजयी

चितवन, २३ जेठ । चितवनको भरतपुरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार ११ विजयी भएको छ । पत्रकार ११ ले ५–३ गोल अन्तरले जनप्रतिनिधि ११ माथी जीत हासिल गरेको हो । भोलि शुक्रबारदेखि भरतपुरमा सुरु हुने पाँचौँ चितवन च्याम्पिएनसिपको पूर्वसन्ध्यामा बिहीबार पत्रकार ११ र जनप्रतिनिधि ११ बीच मैत्रीपूर्ण फुटबल खेलाइएको थियो । सो खेलमा पहिलो हाफमा पत्रकार ११ र जनप्रतिनिधि ११ ले २–२ को बराबरीमा खेलेका थिए । खेलको दोस्रो हाफमा पत्रकार...

मैत्रीपूर्ण खेलमा चितवन भेट्रान विजयी

चितवन, २२ जेठ । चितवनको भरतपुरमा भएको मैत्रीपूर्ण फुटबल खेलमा चितवन भेट्रान विजयी भएको छ । चितवन भेट्रानले ६–० गोल अन्तरले युवा विद्यार्थी नेतालाई पाखा लगाएको हो । आगामी जेठ २४ देखि सुरु हुने पाँचौँ चितवन च्याम्पिएनसिपको पूर्वसन्ध्यामा बुधबार चितवन भेट्रान र युवा विद्यार्थी नेता चितवनबीच मैत्रीपूर्ण फुटबल खेलाइएको थियो । सो खेलमा पहिलो हाफमा ४–० ले अघि रहेको भेट्रानले दोस्रो हाफमा दुई गोल थपेको आयोजक एभरेष्ट फुटबल क्लबका अध्यक्ष अशोक...

पाँचौँ चितवन च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

चितवन, २० जेठ । आगामी जेठ २४ गतेदेखि चितवनको भरतपुरमा हुने चितवन च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ । एभरेष्ट क्लब भरतपुरले प्रत्येक वर्ष आयोजना गर्दै आएको चितवन च्याम्पियनसिपको पाँचौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको हो । प्रतियोगताबारे जानकारी दिने उद्धेश्यले आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष अशोक देवकोटाले सो प्रतियोगतामा १६ टिमको सहभागिता रहने जानकारी दिए । खेल प्रबद्र्धन र स्थानीय प्रतिभा प्रस्फुटनका निम्ति प्रत्येक वर्ष च्याम्पियनसिप आयोजना गरिदै...

एक सेकेण्ड पनि अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम नरोक्न धुर्मुस सुन्तलीलाई आग्रह

चितवनका राजनैतिक दल र स्थानिय प्रशासनले एक सेकेण्ड पनि अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम नरोक्न धुर्मुस सुन्तलीलाई आग्रह गरेका छन् । स्थानीयको नाममा अराजक व्यक्तिहरुले बार भत्काएपछि रंगशालाको काम अगाडि वढाउन नसकिने भन्दै धुर्मुस सुन्तली फाउन्डेसले विज्ञप्ति जारी गरेपछि चितवनका सरोकारवालाहरुले काम नछाड्न अपिल गरेका हुन् । भरतपुर महानगरमा भएको सर्वपक्षिय छलफलका क्रममा घटनामा संलग्नलाई कानुन अनुसार कडा कार्वाही गर्नुपर्ने तर धुर्मुस सुन्तली फाउन्डेसनले काम छाड्न नहुने सुझाव दिएका...