चितवन महोत्सवको हिसाब सार्वजनिक, ५५ लाख ५५ हजार रुपैयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई दिईने

चितवन, १० जेठ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा गत पुष २५ देखि माघ ५ गतेसम्म नारायणी नदी किनारमा सञ्चालन भएको चितवन महोत्सवमा एक करोड ३९ लाख रुपैयाँ फाइदा भएको छ । महोत्सवको आयव्यय सार्वजनिक गर्न आज नारायणगढमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सवको कुल आम्दानी तीन करोड ४४ लाख ५४ हजार रुपैयाँ भएको जनाइएको छ । आम्दानीमध्ये सबै खर्च कटाएर ६७ लाख ९९ हजार रुपैयाँ बचत भएको उद्योग वाणिज्य संघ चितवनका...

शुक्रवार प्रथम जटायु कप क्रिकेट प्रतियोगिताको उद्घाटन

सडक र पुल निर्माण मात्र विकास नभएको प्रतिनिधिसभाका सासंद तिलक महतले बताएका छन । शुक्रवार प्रथम जटायु कप क्रिकेट प्रतियोगिताको उद्घाट गर्दे सासंद महतले सडक र पुलमा विकास भन्नु गलत भएको बताउदै विकास चेतनाको पनि एक भाग रहेको बताए । जटायु संरक्षणमा युवाको भुमि बृद्धि गराउने मुख्य उद्देश्यका साथ कावासोतीमा सुरु संञ्चालन भएको क्रिकेट प्रतियोगिताको उद्घाट कार्यक्रममा बोल्दै सासंद वन र जैविक विविधताको संरक्षण पनि विकास भएको बताए ।...

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलद्वारा क्रिकेट रंगशालाको निरीक्षण

चितवन, ०६ जेठ प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणधीन अवस्थाको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गर्नुभएको छ । मन्त्री ढुंगेलसहित यस क्षेत्रका प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेल, अर्का प्रदेशसभा सदस्य विजय सुवेदी, उद्योगी डाक्टर तिलचन्द्र भट्टराई सहितको टोलीले निर्माणाधीन रंगशाला निरीक्षण गर्नुभएको हो । निर्माणधीन रंगशालाको बारेमा मन्त्री ढुंगेललाई धुर्मुस सुन्तली फाउण्डेशनका प्रतिनिधि चन्द्र खड्का तथा क्युरेटर कमल पाण्डेले जानकारी दिनुभएको...

निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सन्दीप लामिछाने

चितवन, ०४ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले चितवनमा निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको अवलोकन गरेका छन् । भारतीय चर्चित लिग आइपीएल खेलेर गृह जिल्ला चितवन आएका आएका लामिछाने शनिबार दिउँसो रंगशाला निर्माणस्थल भरतपुर महानगरपालिका वडा नः १५ रामपुरमा पुगेर निर्माणको पछिल्लो अवस्थाका बारेमा जानकारी लिए । राष्ट्रिय टोलीका पूर्वकप्तान राजु खड्का, पूर्व क्रिकेट खेलाडी अनिल अधिकारी, नेपाली क्रिकेट टोलीका टिम म्यानेजर रमन सिवाकोटीसहित मैदान...

चौथो नकआउट भेट्रान्स कप फुटबल प्रतियोगितामा भैरहवा विजयी

कावासोती, १४ बैशाख कावासोती १७ गोछडामा जारी चौथो नकआउट भेट्रान्स कप फुटबल प्रतियोगिता अन्तरगत शनिबारको फाईनल खेलमा भैरहवा विजयी भएको छ । कास्की पोखरा र भैरहवा विच भएको खेल ४÷१ ग्षेल अन्तरले भैरहवा विजयी भएको खेल संयोजक पुष्प रत्न महतोले जानकारी दिए । टाईगर युवा क्लबको आयोजनामा जारी चौथो नकआउट भेट्रान्स कप फुटबल प्रतियोगितामा चितवन, रुपन्देही, नवलपरासी पूर्व÷पश्चिम लगायतका जिल्लाहरुबाट १४ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुने...

भेडाबारिमा आयोजित प्रथम प्रदेश स्तरीय ब्याडमिटन नकाउट प्रतियोगिता २०७५ सम्पन्न

अशिफ गुरुङ्, फाल्गुन ११ गैडाकोट ११, भेडाबारीको मुकुन्दपुर कबर्ड हलमा जारी प्रथम प्रदेश स्तरीय इन्डोर खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन नकआउट प्रतियोगिता २०७५ को खुल्ला इभेन्टतर्फ बुटवलका खेलाडीहरु बिश्वास नेपाल र गणेश रायमाझी बिजयी भएका छन् । यसै इभेन्ट तर्फ ललितपुरका पबिन लिङ्थेब र रुकेश महर्जन दोश्रो भएका छन् । त्यस्तै गैडाकोट ब्यडमिन्टन क्लबका दया सापकोटा र अशोक पुन र पोखराका बिशाल बस्नेत र अभिषेक गुरुङ तृतिय हुन सफल भएका छन्...

प्रथम प्रदेश स्तरीय इन्डोर खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन नकआउट प्रतियोगिता २०७५ गैडाकोटमा सुरु

अशिफ गुरुङ्ग, फाल्गुन १० गैडाकोट ११, भेडाबारीको मुकुन्दपुर कबर्ड हलमा यहि फाल्गुन १० र ११ गते हुने प्रथम प्रदेश स्तरीय इन्डोर खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन नकआउट प्रतियोगिता २०७५ को शुक्रबार एक औपचारिक कार्यक्रमका बिच समुद्घाटन भएको छ । कार्यक्रमका प्रमूख अतिथि एवं गैडाकोट नगरपालिकाका नगरप्रमूख छत्रराज पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाकै बिशेष सहयोगमा कबर्ड हल निमार्ण भएको र अबका दिनमा पनि गैडाकोटमा खेलकुदको बिकासको लागि नगरपालिकाले सदैब सकेको सहयोग गर्ने...

चितवन हात्ती महोत्सवको १५ औँ संस्करणको रौनक सुरु हुँदै, राष्ट्रपति विद्यादेवीले उद्धघाटन गर्ने

चितवन । १५ बर्ष अघि चितवनको पर्यटकीय नगरी सौराहामा व्यवसायीहरुले सुरु गरेको चितवन हात्ती महोत्सव चितवनको ब्राण्डको रुपमा स्थापित भएको छ । अन्र्तराष्ट्रिय हात्ती दौडबाट सुरु गरिएको कार्यक्रमलाई परिमार्जन गर्दै व्यवसायीहरुले चितवन हात्ती महोत्सवको रुपमा स्थापित गराउन सफल भएका छन् । हात्तीको विभिन्न खेलहरु पर्यटकलाई देखाएर मनोरञ्जन प्रदान गरिन्छ । महोत्सवको आन्तरीक र वाह्य सम्पुर्ण तयारी पुरा भएको क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष एवंम् महोत्सवका संयोजक सुमन घिमिरेले जानकारी दिए ।...

पन्ध्रौँ चितवन हात्ती महोत्सव पुस ११ देखि

चितवन, १६ मङ्सिर । पन्ध्रौँ चितवन हात्ती महोत्सव २०७५ यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विगतमा झै यस वर्ष पनि हात्तीपोलोसहितको महोत्सव आयोजना गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने महोत्सवमा हात्तीहरुले पोलोसँगै फुटबल खेल्नेछन् भने हात्तीको पिकनिक र हात्तीकै सुन्दरी प्रतियोगिता हुनेछ । सङ्घका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक सुमन घिमिरेका अनुसार महोत्सवका...

कावासोती मेयर कप मंसिर २२ गतेबाट सुरु हुने

विजय चालिसे कावासोती, मंसिर १६ नवलपुरको कावासोतीमा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । कावासोती नगरपालिकाको आयोजनामा यही मंसिर २२ गतेदेखि पुस २ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको नगरप्रमुख चन्द्राकुमारी पुनले जानकारी दिए । प्रतियोगिताबाट नगरपालिकाको एक सशक्त टिम तयार गर्ने उद्देश्य राखिएको जिल्ला फुटबल संघ नवलपरासीका अध्यक्ष सेतमान पुनले बताए । प्रतियोगितामा प्रथम हुनेले ७५ हजार नगद प्राप्त गर्नेछ भने दोस्रो हुनेलाई ४० हजार नगद प्रदान गरिने नगरपालिकाले जनाएको छ...