चैते दशैंको दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले चैते दसैंको दिन वैशाख ७ गते सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषदको २०७७ चैत १७ गतेको निर्णय अनुसार उक्त दिन विदाको निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केदारनाथ शर्माले जनाएका छन् । उक्त निर्णय प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ । गण्डकी सरकारले २०७८ सालमा ५ दिन चाडपर्व विदाको निर्णय गरेको छ । चैते दसैंसँगै इद, पुस १५ गते तमु लोसार, माघ १९ गते सोनाम लोसार...

फलामको रडले हानेर भाउजूको हत्या, हत्यारा आफै पुगे प्रहरी कार्यालय

काठमाण्डौ, ५ बैशाख । काठमाण्डौ महानगरपालिका १० अनामनगरमा देवरले भाउजुको हत्या गरेका छन् । काठमाण्डौ महानगरपालिका १० अनामनगरमा भाउजु रोशनी राजभण्डारीको हत्या गरेको आरोपमा देवर मोहन राजभण्डारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । देवर मोहनले बुलबुले मार्गको गल्लीमा भाउजु रोशनीलाई फलामको रडले टाउकोमा हानेर गम्भीर घाइते बनाएको र उनको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । भाउजूको हत्या गरेको स्वीकार गर्दै मोहन राजभण्डारी आफै...

नवलपुरका अपाङ्गता भएका २२ व्यक्तिहरु सरफ र फिनेलमा व्यवसायिक बन्दै ।

नवलपुर,४ बैशाख । कावासोति ८ थानचोकमा रहेको अपाङ्ग पुर्नस्थापना केन्द्र नवलपुरको कार्यालयमा शनिवार नवलपुरका अपागंता भएका २२ जना व्यवसायिक बन्ने सोच राखेर तालिममा सहभागि भए । तालिम थियो, ८ दिने सरफ र फिनेल बनाउने । अपाङ्ग पुर्नस्थापना केन्द्र नवलपुरको आयोजना, सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश, जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको सहयोग तथा युवा तथा खेलकुद मन्त्रालय र जिल्ला युवा समितिको सहयोगमा कार्यक्रमको आयोजना गरिएको थियो । दैनिक जिवनमा दिनहु चाहिने सरफ...

एमाले नेता रामबहादुर थापा फेरि गृहमन्त्रीमा नियुक्त

काठमाडौं, ५ बैशाख । नेकपा एमालेका नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा नेकपा एमालेका नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई मन्त्री नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट विसं २०७४ को राष्ट्रिय सभा सदस्य निर्वाचनमा वाग्मती...

गैंडाकोट नगरपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना

गैँडाकोट, ३ बैशाख । गैँडाकोट नगरपालिकाको कार्यालयमा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । १२ औं राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गरी गैँडाकोट नगरपालिका लगायत देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका हेर्ने प्रयोजनका लागि स्थानीय जनगणना कार्यालय स्थापना गरिएको हो । कार्यालयको शुक्रबार बिहान गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नुभएको थियो । कार्यालय उद्घाटन गर्दै पौडेलले १२ औं राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्न सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने...

देवचुली मावि गण्डकी प्रदेशको ठुला विद्यालय कार्यक्रममा छनौट

नवलपुर, बैशाख ३ । देवचुली मा वि रजहर गण्डकी प्रदेशको ठुला विद्यालय कार्यक्रममा छनौट भएको छ । विद्यालयले शुक्रवार पत्रकार सम्मेलन गर्दे सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको “ठुला बिधालय“ कार्यक्रम अन्तर्गत छनोट भएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा “ठुला बिधालय“ कार्यक्रम अन्तर्गत हुने गतिविधिको बारेमा विद्यालयका प्रधानध्यापक नारायण भण्डारीले जानकारी गराउनुभएको थियो । ठुला विद्यालय छनौटमा परे पछि विद्यालयको शैक्षिक र भौतिक विकासमा टेवा पुर्याउने बताउनुभयो । अब विद्यालय...

विद्यालय बन्द गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, ३ वैशाख । संसदीय समितिले बालबालिका कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरेर वैकल्पिक विधिबाट पठन पाठन सञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि विद्यालय सञ्चालकहरुले विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको र त्यसले बालबालिकामा संक्रमणको जोखिम बढाएको निष्कर्ष निकालेको हो । समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपील र विज्ञहरुको सुझावलाई ध्यानमा...

दुर्घटनामा परी एम्बुलेन्स चालकको मृत्यु

सप्तरी , ३ वैशाख । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा आज भएको दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका–३ स्थित शम्भुनाथ मन्दिरको प्रवेशद्वार अगाडि सडकखण्डमा ना६ख ७८९२ नम्बरको बसको ठक्करले स१च ५५२ नम्बरको एम्बुलेन्स चालक सिरहा सुखीपुर बस्ने ५० वर्षीय छेदीलाल कामतको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसले विपरीत दिशातर्फ आउँदै गरेको एम्बुलेन्सलाई ठक्कर दिँदा कामतको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

आलोपालो कक्षा चलाउन विद्यालयलाई सरकारको आग्रह

काठमाण्डौ, ३ बैशाख । कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै शिक्षा मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न र साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयवाट जारी भएको विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७ को अनुशरण गर्न समेत निर्देशन दिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै...

चट्याङ लागेर ३ जनाको मृत्यु ।

काठमाडौं, ३ वैशाख । बिहीबार रातिदेखि आएको हावा हुरी र वर्षासँगै परेको चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । चट्याङबाट भोजपुर, तेह्रथुम र बाग्लुङमा गरी ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भोजपुरको षडानन्द नगरपालिका–८, निगुरेकी ६० वर्षीया मनमाया राई, तेह्रथुमको छथर गाउँपालिका–६, असिनेकी ९ वर्षीया रोहिता मगर र बागलुङको ताराखोला गाउँपालिका–२, सेलेखोलाका ४५ वर्षीय खिमलाल कँडेल छन् । उनीहरुमध्ये दुईजना घरमै र कँडेल चाहिँ गोठमा जाँदै गरेका...