बलात्कारको अभियोग लागेका गैँडाकोटका काफ्ले कारागार चलान

गैँडाकोट, १७ जेठ । जबरजस्ती करणीको मुद्दा लागेका गैँडाकोटका कालिका मेडिकल एण्ड टेक्निकल ईन्स्टिच्युटका संचालक शिव काफ्लेलाई कारगार चलान गरिएको छ।
सोही ईन्स्टिच्युटमा अध्यनरत नाबालिकालाई जवरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले बैशाख १९ गते काफ्लेलाई पक्राउ गरेको थियो । जिल्ला अदालत चितवनले २९ वर्षीय काफ्लेलाई पुर्पक्षको लागी कारागार पठाउने आदेश दिएको हो ।
बालिकाले २०७८ साल पुसको अन्तिमतिर सौराहाको र फागुनमा शिवघाटको रिसोर्टमा लागेर जबरजस्ती करणी गरेकोमा पक्राउ गरी कारबाही गरिपाऊँ भनी किटानी जाहेरी दिएकी थिइन् ।
तपाइँको प्रतिक्रिया