सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

सल्लाघारी भिरमा सडक ढलान गर्न बेँसीसहर–चामे सडक बन्द

  •  | १२ असार २०७९, आईतवार १३:२८ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • लमजुङ, १२ असार । बेँसीसहर–चामे सडकखण्ड बन्द गरिएको छ। यस सडकखण्डको सल्लाघारी भीरमा सडक ढलान गर्नका लागि आज बिहान ६ बजेदेखि १३ गते साँझ ६ बजेसम्मका लागि सडक बन्द गरिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए।

    उनले भने, ‘बेँसीसहर चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–२ सल्लाघारीमा साँघुरो सडक रहेकाले ढलान गर्नका लागि सवारीसाधन पूर्णरूपमा बन्द गरिएको छ ।’ उक्त गाउँपालिकाको विभिन्न ठाउँमा उक्त आयोजना कार्यालयमार्फत ठेक्कामा ढलान कार्य भइरहेको छ।

    गाउँपालिकाले ढलान सहजरूपमा गर्नका लागि मनाङको जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएकामा उक्त कार्यालयले बुधबार एक सूचना जारी गर्दै सडक बन्द गरी ढलान कार्यमा सहज बनाउन बाटो बन्दगरेसँगै दुई दिन सडक बन्द गरिएको हो । यहाँ पैदल यात्रुबाहेक सबै प्रकारका सवारी साधनलाई आवतजावत गर्न जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।

    सल्लाघारीमा एक दम गाह्रो ठाउँ रहेछ, तल र माथि ठूलो भिरका बीचमा सडक रहेको र साँघुरो सडकका कारण जोखिम हुने भएकाले सवारीसाधन पूर्णरुपमा बन्द गरी ढलान सुरु गरिएको हो। बेँसीसहर-चामे सडकखण्डअन्तर्गत २० मिटर सडक ढलान हुने कार्यालयका सूचना अधिकारीसमेत रहेका इञ्जिनियर अधिकारीले जानकारी दिए।

    हिमाली जिल्ला मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरूप विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौली(तनहुँ शाखाले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो तर पछि जनयुद्ध र अन्य विविध कारणले तत्कालीन नेपाली सेनाले उक्त सडक विसं २०५७ देखि निर्माण गर्ने पुनःजिम्मेवारी प्राप्त गर्‍यो।

    तत्कालीन नेपाली सेनाले शान्ति प्रक्रियापछि मात्र सडक निर्माणलाई निरन्तरता दिँदै बाँदरसमेत लड्लाजस्तो जोखिमपूर्ण भीरमा ज्यानको बाजी लगाउँदै विसं २०६९ मा सडक निर्माण गरी सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो।

    उक्त सडकको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी छ। यस सडकमा दैनिक दर्जनौँ जीप, साना तथा मालवाहक सवारीसाधन गुड्ने गर्दछन् । सवारीसाधन नचल्दा यात्रु मर्कामा पर्ने गरेका छन् । रासस

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन
    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण
    विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन

    ताजा अपडेट

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

    श्रावण २६, काठमाडौं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ...

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण

    चोरमारा, २५ साउन । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ...

    • विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन
    • सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण
    • अवैद्य घाटगद्दी गरेका नदीजन्य पदार्थ जफत गर्दै मध्यविन्दु नगरपालिका
    • थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.