भरतपुरका उम्मेदवार मतदाता भेट्न व्यस्त

भरतपुर, २६ वैशाख । स्थानीय तहको निर्वाचनमा मतदान गर्ने समय नजिकिंँदै गर्दा भरतपुर महानगरपालिकाका सबै वडामा बाजागाजा र नाचगानसहित विभिन्न दलका र स्वतन्त्र उम्मेदवारहरु मतदाता भेट्न र आकर्षित गर्न व्यस्त छन् ।
भरतपुर महानगरपालिकाको २९ वटा वडामध्ये २० वटाभन्दा बढी वडा अध्यक्ष पाएको कांँग्रेसले अहिलेको चुनावमा राम्रै नतिजा हात पार्ने अनुमान गरिएको छ । महानगरका वडामध्ये सबैभन्दा बढी चासो र सम्भावना भएको २ नम्बर वडा पनि हो ।
यो वडामा नेपाली काँग्रेसका मनोज रानाभाट चुनावी मैदानमा होमिएका छन् । उनलाई गठबन्धनको साथ छ । ‘चाहे भूमिहीन दाजुभाइहरुको टोल होस् वा अन्य कुनै दल होस्, ममाथि उहांँहरुको साथ र आशीर्वाद छ’ घरदैलो गर्ने क्रममा भेटिएका रानाभाटले भने ।
तपाइँको प्रतिक्रिया