भरतपुरका यी क्षेत्रमा आज विद्युत अवरुद्ध

चितवन,असार ३१ । भरतपुर महानगरका विभिन्न क्षेत्रमा आज (शुक्रबार) १० घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।
आज बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म भरतपुरको भृकुटी र क्षेत्रपुर फिडर बन्द रहने भएकोले नारायणगढ, क्षेत्रपुर, कल्याणपुर र लंकू क्षेत्रमा विद्युत् अवरुद्ध हुने भएको हो ।
विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले ११ केभी प्रसारण लाइन निर्माण कार्यका लागि भरतपुर महानगरका उक्त क्षेत्रमा विद्युत् अवरुद्ध हुन लागेको सूचनामा उल्लेख गरेको हो ।
तपाइँको प्रतिक्रिया