भरतपुरमा दाहाल १८५२ मतले अगाडि, पछ्याउँदै सुवेदी र पौडेल

भरतपुर, ४ जेठ । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले १८५२ मतको अग्रता बनाएकी छन् । उनले १० हजार ४४९ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार ५९७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत पाएका छन् ।
उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १२ हजार ४९६ मत पाउँदा हिमला गुरुङले ६ हजार ९९२ मत पाएकी छन् ।
हालसम्म भरतपुरमा २८,६४३ मतगणना सकिएको छ । अहिले वडा नम्बर ७ को मतगणना भइरहेको छ । हालसम्मको गणनामा वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका राजेन्द्रमणि काफ्लेले ४९३ र नेकपा एमालेका सनतकुमार लामिछानेले ४ सय मत प्राप्त गरेका छन् ।
तपाइँको प्रतिक्रिया