भरतपुरको मेयरमा एमालेका विजय सुवेदीले दर्ता गराए उम्मेदवारी

भरतपुर, १२ वैशाख । नेकपा (एमाले) बाट भरतपुर महानगरपालिकाको मेयर पदमा विजय सुवेदीले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । ठूलो जुलुस, बाजागाजा सहित सुवेदीले मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराएपछि पत्रकारसामु प्रतिवद्धता जनाउँदै उनले भने, ”मेरो मनमा भरतपुरको माटो छ । भरतपुरका ३ लाख ६० हजार ३ सय ७७ नागरिक हुनुहुन्छ । उहाँहरुप्रति मेरो जिम्मेवारी छ । मैले मेयरको रुपमा जितेँ भनेँ एक वर्षभित्र सम्पूर्ण नागरिकको तथ्यांक तयार गर्नेछु । तथ्यांक तयार पारेपछि अशक्त, अपांग, विपन्न र पछाडि परेका नागरिकको जिम्मेवारी लिन्छु । गुरुयोजना बनाएर आर्थिक विकासको खाका कोर्नेछु ।“
भरतपुरका मतदाताले अब आफ्नो अमूल्य मत भरतपुरको माटोको लागि, भरतपुरको विकासको लागि र भरतपुरको समृद्धिको लागि दिने सुवेदीको दाबी छ ।
तपाइँको प्रतिक्रिया