भरतपुरमा विजय निरन्तर अगाडि, पछ्याउँदै रेनु र जगन्नाथ

चितवन, २ जेठ । भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका विजय सुवेदीले ७३ मतको अग्रता लिएका छन् ।
स्थानीय तह निर्वाचनको पछिल्लो मतगणनाको विवरणअनुसार सुवेदी चार हजार ६२५ मतसहित अगाडि छन् । उनलाई गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहालले चार हजार ५५२ मत ल्याएर पछ्याइरहेकी छन् ।
मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ४० मत ल्याएका छन् । सोमबार बिहान ११ बजेबाट ४ नं वडाक मतहरू ८ स्थानमा गणना भइरहेको छ ।
हालसम्म १३ हजार ५६५ मत गन्दा उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीलृ पाँच हजार ३९५ र राप्रपाकी हिमला गुरुङले तीन हजार ६७९ मत ल्याएका छन् ।
वडा नम्बर चारको अध्यक्ष पदका उम्मेदवारमध्ये नेपाली काँग्रेसका अर्पण पोख्रेलले ९१७, नेकपा एमालेका भानुभक्त सापकोटाले ६२६ र राप्रपाका चतुर्भुज कँडेलले ३६२ मत प्राप्त गरेका छन् ।
तपाइँको प्रतिक्रिया