चुनावको मुखमा भुवन केसी, स्वेता खड्का र रवीन्द्र खड्का कांग्रेस प्रवेश

काठमाडौँ, २० वैशाख । कलाकारहरू भुवन केसी, श्वेता खड्का र रवीन्द्र खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कलाकारहरूले कांग्रेस प्रवेश गरेका हुन् । उनीहरूलाई वरिष्ठ कलाकार नीर शाहको पहलमा कांग्रेस प्रवेश गराइएको हो ।
अभिनेता भुवन केसी यसअघि काठमाडौं महानगरको मेयरमा उठ्ने चर्चा चलेको थियो । उनलाई स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीले मेयरमा उठाउने घोषणा गरेको थियो । तर पछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले उम्मेदवारी नदिने घोषणा गरेका थिए । यसअघि उनी नेकपा एमालेमा आबद्ध थिए ।
पछिल्लो समय व्यवसायमा सक्रिय अभिनेत्री श्वेता खड्काले गरेको अन्तिम फिल्म कान्छी हो । त्यसपछि उनले कुनै फिल्म गरेकी छैनन् । अभिनेता खड्का भने पूरानै कलाकार हुन् । अहिले उनी कलाकार संघमा आबद्ध छन् ।
नेपाली काँग्रेस पार्टी प्रवेशबारे अभिनेता केसी भन्छन्, ‘कलाकारलाई राजनीतिक दलले चुनावको प्रचार गर्नको लागि मात्र प्रयोग गरेको पाइन्छ । कलाकारले पनि राज्यलाई हाँक्न सक्छन् । यसैलाई प्रमाणित गर्न मैले कांग्रेस रोजेको हुँ ।’
तपाइँको प्रतिक्रिया