निजी विद्यालयमा पनि दुई दिन बिदा, हिउँदे र बर्खे बिदामा कटौती

नवलपुर, २८ बैशाख ।
शिक्षा मन्त्रालयले सरकारीसँगै निजी विद्यालयमा पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मन्त्रालयमा बुधबार बसेको बैठकले जेठ १ गतेदेखि लागू हुने गरी निजी र सरकारी विद्यालयमा दुई दिन नै बिदा दिने निर्णय गरेको हो । सरकारले दुई दिन बिदा दिने निर्णय यसअघि नै गरे पनि मन्त्रालयले भने निजी र सरकारी दुबैमा बिदा लागू हुने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । शनिबार र आइतबार बिदा हुने भएपछि शुक्रबार ४ बजेसम्म पढाइ हुने छ ।
अरु नपुग हुने दिन हिउँदे र बर्खे बिदाबाट कटौती हुनेछ । मन्त्रालयको निर्णयअनुसार विद्यालय बिहान १० देखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ । हिउँदे, वर्खे र स्थानीय बिदालगायतको बिदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिन बिदा दिन सकिने निर्णय गरिएको छ । उनले विद्यालयको हकमा सम्बन्धित पालिकाले विदा व्यवस्थापन गर्नुपर्ने बताए ।
तपाइँको प्रतिक्रिया