घरदैलोमा विजय सुवेदी : ज्येष्ठ नागरिकलाई ढोग, कांग्रेससँग सौहार्द्रता

भरतपुर, १४ वैशाख । नेकपा एमालेका तर्फबाट भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले बुधबार भरतपुर–२१ मा घरदैलो अभियान गरेका छन् ।
घरदैलोका क्रममा सुवेदीले ज्येष्ठ नागरिकलाई ढोगेर आशीर्वाद लिएका छन् भने कांग्रेसीसँग सौहाद्र्रता देखाएका छन् । ज्येष्ठ नागरिकले सुवेदीको शिरमा हात राखेर आशीर्वाद दिए ।
सुवेदीले मनोनयन दर्ता गर्नुअघि बिपी कोइरालाको शालिकमा माल्यार्पण गरेर मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । एमाले–राप्रपा तालमेलबाट महानगरको उपमेयरमा हिमाला गुरुङले उम्मेदवारी दिएकी छन् ।
मेयरका उम्मेदवार सुवेदीले वडा नं २० मा सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । एमालेले वडा नं २० को अध्यक्षमा देवबहादुर तमाङ र सदस्यहरुमा तुलसी परियार, मानदेव पौडेल, देउमाया घले र आकाश तामाङलाई उम्मेदवार बनाएको छ ।
तपाइँको प्रतिक्रिया