तनाव खेप्न नसकी बेहोस भएपछि लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली अस्पताल भर्ना

बुटवल, १ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ । दाङको तुल्सीपुरमा स्थानीय एकराज बस्नेतको घरमा पुगेपछि विवादमा तानिएकी मन्त्री खत्रीलाई बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिवालयका अनुसार मानसिक तनावका कारण बेहोस भएकी मन्त्री खत्रीलाई अस्पताल भर्ना गरिएको हो । सचिवालयका अनुसार मन्त्री खत्री बस्नेतको घरमा आर्थिक लेनदेन मिलान गर्नका लागि पुगेकी थिइन् ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालका अनुसार राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आएकी थिइन् । उनको मेडिकल विभागका फिजिसियनहरुले चेकजाँच गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको मेसु ढकालले जानकारी दिए ।
वलीलाई क्याबिनमा भर्ना गरेर उपचार भइरहेको उनले बताए । रगत लगायत अन्य जाँचको रिपोर्ट आउन बाँकी रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको डा। ढकालले बताए । मंगलबार बिहान दाङको तुलसीपुरमा एक महिला र बालिकालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी वलीलाई प्रहरीले मंगलबार राति बुटवल पुर्याएको थियो ।
फसाउने काम गरियो : वली
‘बस्नेतले लगेको पैसा फिर्ताका लागि धेरै पटक हिसाव मिलाउनको लागि आग्रह गरियो, कुनै सुनुवाइ भएन, सम्पर्क विहीन भएपछि गएर भेटेर नै मिलाउनको लागि गएको हुँ, त्यतिबेला नै योजनाबद्ध तरिकाले नै मलाई फसाउने काम गरियो । मैले मेरो सुरक्षा, स्वकीयसहितको टिम लगेर गएको थिएँ । हामीलाई च्यानल गेट बन्द गरियो’, उनको भनाइ उद्धृत गर्दै मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ ।
उनले आफूले सामान्य रुपमा हिसाब किताब मिलाउनको लागि गरिएको आग्रहमा पनि आफ्नो राजनीतिक र सामाजिक जीवन समाप्त पार्न षड्यन्त्र गरेको बताइन् ।
उनले भनिन्, ‘पहिलेको पैसा नै नदिई, झन मेरो कारोवार बिग्रिएको छ, मेरो घरलाई बैँकमा राखेर ऋण निकाल्न खोजका थिए, मैले दिइन त्यसपछि उनले मलाई थप पीडा दिँदै तपाईँलाई मन्त्री बनाएँ, मैले के पाएँ ? भनेर बारम्बार पीडा दिइरहेका थिए ।’
तपाइँको प्रतिक्रिया