महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री वली पक्राउ

लुम्बिनी, ३१ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले पक्राउ गरेको छ।
एक महिला र उनकी छोरीलाई कुटपिट गरेको आरोपमा वलीलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।
जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको जिल्ला प्रहरीले कार्यालय दाङले जनाएको छ ।
मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए । घटनापछि आफूहरूले उदार गरेको एसपी सुरेश काफ्लेले बताए । विमलालाई अहिले इलाका प्रहरीले कार्यालय तुलसीपुरमा राखिएको छ।
तपाइँको प्रतिक्रिया