विनायक कृषि सहकारी संस्था लिमिटेडकोे १३ औं वार्षिक साधारण सभा सम्पन्न

गैँडाकोट, १८ पौष । विनायक कृषि सहकारी संस्था लिमिटेडकोे १३ औं वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ । नमुना शिवनगर खानेपानी गैँडाकोट ६ कोे सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथी भुमि व्यवस्था,कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख बासुदेव रेग्मीले कृषकहरुको लागी विनायक कृषि सहकारीले राम्रो काम गदै आइरहेको र भविष्यमा पनि कृषकहरुको हक हितका लागी लाग्न र कृषकहरुको आवश्वकता अनुसार काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख रेग्मीले सरकारले आवश्यक नीति बनाएर कृषि क्षेत्रकोे विकासका लागि अगाडी बढ्नुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र कावासोतीका प्रमुख गोपाल लामिछानेले कृषि ज्ञान केन्द्रबाट पनि आफुले सहयोग गदै आइरहेको र पछि पनि सहयोग गर्ने बताउनुभयो । यस्तै कार्यक्रममा गैँडाकोट नगरपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र गौतमले नगरपालिकाकोे तर्फबाट गर्न सक्ने सहयोग गदै आएकोे र आगामी दिनमा पनि किसानका लागि आवश्यक कार्यक्रम संचालन गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै विनायक कृषि सहकारी संस्थाका अध्यक्ष तिलकप्रसाद कंडेलले कृषिलाई प्रवद्र्धन गर्नका लागि सस्थाले धेरै कामहरु गर्दै आएरहेको बताउनु भयो ।
कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष सुबास चाँपागाई , गैंडाकोट ८ का वडाअध्यक्ष प्रेम सापकोटा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा विनायक कृषि सहकारी संस्था लिमिटेडका १० जना संस्थापक शेयर सदस्यलाई सम्मान गरिएको थियो ।
साधारणसभामा सचिव लक्ष्मीदत्त सापकोटा लिलाले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको प्रगति एवं प्रस्तावित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष तेजिन्द्र चालिसेले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा लेखा तथा सुपरिवेक्षक समितिको प्रतिवेदन समितिका सदस्य टिकाराम पराजुलिले प्रस्तुत गर्नुभएको थियो ।
विनायक कृषि सहकारी संस्थाका उपाध्यक्ष टिकाराम सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण विनायक कृषि सहकारी संस्थाका सचिव लक्ष्मीदत्त सापकोटा (लिला) ले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया